सहयोगापेक्षी विद्यार्थीलाई न्यानो कपडा वितरण

Advertisement

हेटौंडा / पूर्वी मकवानपुरको बागमती गाँउपालिकाका ३ विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मंगलबार एकै दिन बागमती गाँउपालिका वडा नं ३ का ३ विद्यालयमा अध्ययनरत ६६ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

बागमती गाँउपालिका वडा नं ३ गढनसिर स्थित श्री फुलमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको हो । सो विद्यालयमा २३ जना विद्यार्थी रहेकोमा नियमित जम्मा ११ जना पढ्न आउने गरेको फुलमन्दिर आधारभुत विद्यालयका प्रधानाध्यापक दिप बहादुर पाख्रीनले जानकारी दिए ।

यसैगरी वडा नं ३ गढन स्थित श्री जनश्रम आधारभुत विद्यालयमा अध्ययनरत २३ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको छ । यस्तै, श्री जनप्रभात आधारभुत विद्यालयका ३२ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । कार्यक्रममा बागमती गाँउपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष कमान सिं पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले मानव कल्याण हेतु गरिएको सामाजिक कामका लागि धन्यवाद व्यक्त गरेका थिए । नेपालको दुर्गम ठाँउ कर्णालीलाई मानिने बताउदैं गढनसिर मकवानपुरको सबैभन्दा पुरानो र दुर्गम क्षेत्र भएको पाख्रीनले बताए । पहिले बेसिमा औलो लाग्ने हुनाले लेकमा बसाईसराई गरेको बस्ती वर्तमान परिपेक्षमा सो ठाँउ झन विकट हुन पुगेको उहाँले जानकारी दिए । गाउँपालिका र वडाको पहलमा अहिले सेवा विस्तार गरिरहेको उनको भनाई छ । डिभाइन युथ क्लब नेपाल हेटौंडा तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । चिसो र शैक्षिक सामग्री अभाव भएका कारण बालबालिकाको पठनपाठन प्रभावति नहोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । डिभाईन युथ क्लब नेपालले वर्षेनी यस्तै कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बागमती गाँउपालिकाका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र गोले, बागमती गाँउपालिकाका कार्यपालिका सदस्य एवं वडा नं ३ का वडा सदस्य भगवती माझी र वडा नं ३ का वडा सदस्य तुल बहादुर मोक्तानको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"