जनताको छोराछोरीले नेतृत्व गर्ने व्यवस्था समान्ती सोच भएकाले मन नपराएको-राना

Advertisement

हेटौंडा/  नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा विरोध र्यालि गर्दै आज हेटौंडामा सभा आयोजना गरेको छ । सोमबार नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज रामेश्वर राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले जनताको छोराछोरी नेतृत्वमा आउने व्यवस्थालाई समान्ती सोच भएकाहरुले मन नपराएको बताए । नेकपा एमाले मकवानपुरको जागरणसभालाई सम्बोधन गदै उनले संवैधानिक रुपमा चिहानमा पु¥याइएको राजतन्त्र फेरि ब्युतिने दुष्प्रयास लागेकोले त्यसलाई बिफल बनाउनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रले दिएका अवसरहरुलाई जनतामाझ लैजानुपर्नेमा उहाँले जोड दिए । केन्द्रिय सदस्य रानाले मुलुकलाई शान्ति स्थापना गर्न वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकार सबै शक्तिलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको समेत जिकिर गरेका छन् ।

 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सल्लाहकार परिषद सदस्य एबम् प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले संबिधान विपरित गएर अराजक गतिबिधी नगर्न पुर्ब पन्चहरुलाई चेतावनी दिए । पुर्ब राजा ज्ञानेन्द्रको ईशारामा भएको अराजकता सरकारले नियन्त्रण गर्ने उनले बताएका छन् । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताए ।

हेटौंडाको सानोपोखरा, हेटौंडा हस्पिटल, चौकीटोल ओरालो र फरेष्ट्रिबाट चौतर्फि स्थानबाट विरोध र्यालि निकाल्दै सिमा चोकमा आएर कोण सभामा गरिएको थियो । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"