जनताको छोराछोरीले नेतृत्व गर्ने व्यवस्था समान्ती सोच भएकाले मन नपराएको-राना
हेटौंडा/ नेकपा एमाले मकवानपुरले गणतन्त्रको पक्षमा विरोध र्यालि गर्दै आज हेटौंडामा सभा आयोजना गरेको छ । सोमबार नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज रामेश्वर राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले जनताको छोराछोरी नेतृत्वमा आउने व्यवस्थालाई समान्ती सोच भएकाहरुले मन नपराएको बताए । नेकपा एमाले मकवानपुरको जागरणसभालाई सम्बोधन गदै उनले संवैधानिक रुपमा चिहानमा पु¥याइएको राजतन्त्र फेरि ब्युतिने दुष्प्रयास लागेकोले त्यसलाई बिफल बनाउनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रले दिएका अवसरहरुलाई जनतामाझ लैजानुपर्नेमा उहाँले जोड दिए । केन्द्रिय सदस्य रानाले मुलुकलाई शान्ति स्थापना गर्न वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकार सबै शक्तिलाई राजनीतिको मुल धारमा ल्याउन सफल भएको समे...