मोबाइल व्यवसायीको सहजीकरणको लागि प्रदेश सरकारले सहयोग गर्ने – मन्त्री काफ्ले

Advertisement

हेटौंडा/ बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले मोबाइल व्यवसायीको सहजीकरणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल मोबाइल व्यवसायी महासंघको शनिबार हेटौंडामा भएको चौथो साधारणसभामा बोल्नुहुँदै मन्त्री काफ्लेले व्यवसाय सञ्चालनका क्रममा आउने प्रशासनिक झमेलामा सहजीकरण गर्ने र व्यवसायीका समस्या तथा एजेन्डालाई सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मोबाइल व्यवसायीहरू राष्ट्रको समग्र आर्थिक चक्रमा जोडिने महत्वपूर्ण क्षेत्र भएकाले व्यवसायीहरूले उठाएका एजेन्डालाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । प्रयोग भइसकेका पुराना मोबाइल मर्मत गरेर पुनः वितरण गर्ने एजेन्डा व्यवसायीहरूको रहेकोले त्यसमा बागमती प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने समेत उहाँले स्पष्ट पार्नुभयो ।

साधरण सभामा ६० जिल्लाका १ हजार भन्दा बढि प्रतिनिधिहरुको उपस्थित रहेको थियो । साधारण सभामा मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी चुनौती, समाधानका उपाय, बजारमा देखिएको अस्वाभाविक प्रतिस्पर्धा, तथा प्रविधिमा आधारित व्यवसायिक अवसर र चुनौतीका विषयहरूमा केन्द्रीकृत रहेको थियो । महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तान, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वराज खड्का र मकवापनुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"