सातै प्रदेशका युवाको सहभागितामा हेटौंडामा प्रदेश युवा सम्मेलन
हेटौंडा / बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा तीन दिने प्रदेश युवा सम्मेलन हुने भएको छ । सम्मेलन भोलि बैशाख २८ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।
सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवाको भूमिका, शिक्षा, सिप र सृजनशीलता, जलवायु परिवर्तनसँग सम्बन्धित दिगो विकास, सिपमूलक तालिमको आवश्यकता र प्राथमिकता, नीति निर्माणमा युवा सहभागिता तथा नेतृत्व विकासलगायत विषयमा ६ वटा छलफल सत्र आयोजना गरिनेछ ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार, सम्मेलनमा बागमती प्रदेशका ११९ वटै स्थानीय तहबाट एकरएक जना प्रतिनिधि सहभागी हुनेछन् । साथै, देशका सातै प्रदेशका युवा परिषद् तथा सामाजिक विकास मन्त्रालयको सिफारिसमा अन्य प्रदेशका युवाको पनि सहभागिता रहनेछ ।
करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक...
