हेटौंडामा मेयरकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै, तयारी पूरा

Advertisement

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा उपमहानगरपालिकाको सहयोगमा हुने मेयरकप फुटबल प्रतियोगिता यही शनिबारबाट सुरु हुने भएको छ।

बिहीबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा समितिका सदस्य सुनिल लोप्चनले टिम प्रतिनिधिहरूको उपस्थितिमा गोलाप्रथाबाट खेल तालिका सार्वजनिक गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता हेटौंडा–४ र हेटौंडा–११ को टिमबीच प्रतिस्पर्धा हुनेछ। खेल हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दिउँसो २ बजे सुरु हुने कार्यक्रम छ । प्रतियोगितामा उपमहानगरपालिकाका १९ वटै वडाका टिमहरू सहभागी हुनेछन्। अन्य खेलको समय तालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ । विजेता टिमले २ लाख ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ, र उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक तथा प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"