एमएनओ मकवानपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो दलको नाम परिवर्तन नगर्न माग

Advertisement

हेटौंडा / मंगोल नेशनल अर्गनाइजेशन ( एमएनओ ) मकवानपुर जिल्ला सभाले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो दलको नाम परिवर्तन नगर्न माग गरेको छ । आयोगले मंगोल शब्द साम्प्रदायिक भएको भन्दै नाम परिवर्तन गर्न निर्देशन दिएपछि संगठनले आपत्ति जनाएको हो ।

जिल्ला सभाले हेटौंडास्थित निर्वाचन कार्यालयमार्फत बुझाएको ज्ञापनपत्रमा ‘मंगोल’ शब्द कुनै पनि धर्म, जात वा समुदायविरुद्ध नभई एक ऐतिहासिक, सांस्कृतिक र पहिचानमा आधारित शब्द भएको स्पष्ट गरिएको छ ।

संगठनले आफ्ना संस्थापक डा. गोपाल गुरुङले लोकतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा गरेको संघर्ष र योगदानको स्मरण गराउँदै, “यो दल कुनै राजनीतिक रहरले होइन, वैचारिक आधारमा जेलभित्रैबाट स्थापना भएको संगठन हो” भन्ने उल्लेख गरेको छ ।

संगठनका अनुसार मंगोल नेशनल अर्गनाइजेशन सन् १९८९ मा भद्रगोल जेलमै स्थापना गरिएको थियो र २०६४ सालमा मात्रै निर्वाचन आयोगमा दर्ता भएको थियो। ज्ञापनपत्रमा संविधानले खस आर्यलाई पहिचान दिन सक्ने हो भने मंगोलले पनि आफूलाई मंगोल भन्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा आयोगले दलहरूप्रति समान व्यवहार गर्नुपर्ने र साना तथा नयाँ दलहरूलाई विभेद नगर्नुपर्ने सुझावसमेत दिइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"