एमएनओ मकवानपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो दलको नाम परिवर्तन नगर्न माग
हेटौंडा / मंगोल नेशनल अर्गनाइजेशन ( एमएनओ ) मकवानपुर जिल्ला सभाले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो दलको नाम परिवर्तन नगर्न माग गरेको छ । आयोगले मंगोल शब्द साम्प्रदायिक भएको भन्दै नाम परिवर्तन गर्न निर्देशन दिएपछि संगठनले आपत्ति जनाएको हो ।
जिल्ला सभाले हेटौंडास्थित निर्वाचन कार्यालयमार्फत बुझाएको ज्ञापनपत्रमा ‘मंगोल’ शब्द कुनै पनि धर्म, जात वा समुदायविरुद्ध नभई एक ऐतिहासिक, सांस्कृतिक र पहिचानमा आधारित शब्द भएको स्पष्ट गरिएको छ ।
संगठनले आफ्ना संस्थापक डा. गोपाल गुरुङले लोकतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा गरेको संघर्ष र योगदानको स्मरण गराउँदै, “यो दल कुनै राजनीतिक रहरले होइन, वैचारिक आधारमा जेलभित्रैबाट स्थापना भएको संगठन हो” भन्ने उल्लेख गरेको छ ।
संगठनका अनुसार मंगोल नेशनल अर्गनाइजेशन सन् १९८९ मा भद्रगोल जेलमै स्थापना गरिएको थियो र २०६४ सालमा मात्रै निर्वाचन आयोगम...