“सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डर”

Advertisement

हेटौंडा/ वनकरिया बस्ती भूमि आयोग, मालमोत कार्यालय, आदिवासी जनजाति आयोग मकवानपुरले मनहरी गाउँपालिका–४ मा रहेको बनकरिया समुदायको वस्तीको अनुगमन गरेको छ ।

भुमि आयोगको केन्द्रिय सदस्य गुञ्जबहादुर खड्का, मकवानपुर अध्यक्ष बलराम बल, सदस्य दिलुघर्ती मगर, आदिवासी आयोगका केन्द्रिय सदस्य सूर्यबहादुर गुरुङ लगायतले शुक्रबार बस्तीमा पुगेर अनुगमन तथा छलफल गरेका थिए । टोलीले बस्तीको सामाजिक, भौतिक अवस्था र बसोबासको कानुनी पाटोबारे स्थलगत अध्ययन गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद पनि गरेको थियो । बस्ती चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा पर्दछ । सम्झौताको अवधि सकिन लागेसँगै उनीहरूको जीवन अस्थिर बन्दै गएको छ । सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डरले उनीहरू त्रासमा छन् । बनकरिया समुदायकी अगुवा सन्तोषी बनकरियाले सरकारसँग आफूहरूलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गरिदिन आग्रह गरेका छन् ।

मध्यवर्ती क्षेत्रसँगको विषयलाई वन ऐन र राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐनसँग मिलाएर सुकुम्बासी र भूमिहीन समुदायको बसोबास व्यवस्थित गर्न खोजिएको भुमि आयोगका सदस्य खड्काले बताउनुभयो । उहाँका हनुसार स्थानीयहरूको समस्या र मागलाई ध्यानमा राख्दै सरकारले कानुनी सुधारतर्फ कदम चालिरहेको अवस्थामा छ । बनकरिया समुदायसहित अन्य सुकुम्बासीहरूको जीवन यथासंभव सहज बनाउन संसदको चालु अधिवेशनमा अध्यादेश पारित गर्न प्रयास जारी रहेको बताउनुभयो ।

अनुगमनमा सहभागी टोलीले बनकरिया समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे पनि अध्ययन गरेको थियो । टोलीले समस्यालाई नीति निर्माण तहसम्म पु¥याउने प्रतिबद्धता जनाएको छ । २० वर्षे अस्थायी बसोबास सम्झौता सकिन लागेसँगै वनकरिया बस्तीका बासिन्दा भविष्यको चिन्तामा छन् । २०६२ सालमा अस्थायी रूपमा बसोबास गर्न सहमति पाएका उनीहरुले २०८२ चैत २८ गतेसम्झौता सकिन लागेपछि सरकारसँग स्थायी बसोबासको अधिकार माग गरेका हुन् । हाल बस्तीमा २४ घरधुरी र ९३ जनाको जनसंख्या छ । २०७६ सालमा गठन गरिएको भूमिहीन दलित तथा सुकुम्बासी समस्या समाधान आयोगले गाउँगाउँमा पुगेर यस्ता समुदायको तथ्यांक संकलन गर्दै व्यवस्थापनको प्रक्रिया अघि बढाइरहेको छ । आयोगको मापदण्डअनुसार, ग्रामीण क्षेत्रमा १ कट्ठा आवासीय र ५ कट्ठा कृषियोग्य जमिन उपलब्ध गराउने प्रावधान रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"