“सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डर”
हेटौंडा/ वनकरिया बस्ती भूमि आयोग, मालमोत कार्यालय, आदिवासी जनजाति आयोग मकवानपुरले मनहरी गाउँपालिका–४ मा रहेको बनकरिया समुदायको वस्तीको अनुगमन गरेको छ ।
भुमि आयोगको केन्द्रिय सदस्य गुञ्जबहादुर खड्का, मकवानपुर अध्यक्ष बलराम बल, सदस्य दिलुघर्ती मगर, आदिवासी आयोगका केन्द्रिय सदस्य सूर्यबहादुर गुरुङ लगायतले शुक्रबार बस्तीमा पुगेर अनुगमन तथा छलफल गरेका थिए । टोलीले बस्तीको सामाजिक, भौतिक अवस्था र बसोबासको कानुनी पाटोबारे स्थलगत अध्ययन गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद पनि गरेको थियो । बस्ती चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा पर्दछ । सम्झौताको अवधि सकिन लागेसँगै उनीहरूको जीवन अस्थिर बन्दै गएको छ । सम्झौता सकिएपछि आफ्नो बास नै गुम्ने डरले उनीहरू त्रासमा छन् । बनकरिया समुदायकी अगुवा सन्तोषी बनकरियाले सरकारसँग आफूहरूलाई स्थायी बसोबासको अधिकार सुनिश्चित गरिदिन आग्रह गर...