बागमती प्रदेश राष्ट्रिय वन ऐन संशोधनबारे मानव अधिकारकर्मी र पत्रकारबीच छलफल

Advertisement

हेटौंडा / बागमती प्रदेश राष्ट्रिय वन ऐनको संशोधनबारे सुझाव संकलन गर्न मंगलबार मकवानपुरमा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ ।

प्राकृतिक स्रोत महिला अधिकार सञ्जालकी केन्द्रीय अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छलफलमा सहभागीहरूले ऐनमा राख्नु नपर्ने र थप गर्नुपर्ने विषयमा विस्तृत सुझाव प्रस्तुत गरे । वन संवर्धन प्रणालीको परिभाषा, सामुदायिक वनबाट विक्री हुने वनपैदावारमा कर वा शुल्क लगाउने व्यवस्था, संघीय कानूनबाट हटाइसकेको चकला वन सम्बन्धी प्रावधान, कृषि हानीकारक वन्यजन्तु सम्बन्धी व्यवस्था, समुदायमा आधारित उपभोक्ता समूहको परिभाषा, सामुदायिक वनलाई एकीकृत गर्ने व्यवस्था र दर्ता भएको वन क्षेत्र स्वतः राष्ट्रिय वन हुने प्रावधान प्रदेश ऐनमा नराख्नुपर्ने धारणा राखेका थिए ।

यस्तै, सामुदायिक वन उपभोक्ता समितिमा कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने, सामुदायिक वनको आम्दानीको कम्तीमा ५० प्रतिशत रकम महिला सशक्तीकरण, गरीबी निवारण र उद्यम विकासमा खर्च गर्नुपर्ने सुझाव दिएको थियो । साथै, आदिवासी जनजातिका परम्परागत अभ्यासलाई कार्ययोजनामा समावेश गर्न, उपभोक्ता समूहका नाममा वनमा आधारित उद्योग दर्ता गर्न, सीमान्तकृत घरपरिवारलाई वनपैदावार निशुल्क उपलब्ध गराउन, दलित, विपन्न तथा महिला घरमूली परिवारलाई विशेष वन क्षेत्र प्रयोगको सुविधा दिन र सामुदायिक वनहरूको सहकार्यमा साझा व्यवसायिक योजना तथा उद्यम संचालनको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिएको छ । कार्यक्रममा मानव अधिकारकर्मीहरूले संघीय र प्रदेश कानूनी संरचनाबीचको स्पष्ट समन्वय आवश्यक भएको र ऐन संशोधनमा महिला, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"