बागमती प्रदेश राष्ट्रिय वन ऐन संशोधनबारे मानव अधिकारकर्मी र पत्रकारबीच छलफल
हेटौंडा / बागमती प्रदेश राष्ट्रिय वन ऐनको संशोधनबारे सुझाव संकलन गर्न मंगलबार मकवानपुरमा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ ।
प्राकृतिक स्रोत महिला अधिकार सञ्जालकी केन्द्रीय अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत मकवानपुरका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छलफलमा सहभागीहरूले ऐनमा राख्नु नपर्ने र थप गर्नुपर्ने विषयमा विस्तृत सुझाव प्रस्तुत गरे । वन संवर्धन प्रणालीको परिभाषा, सामुदायिक वनबाट विक्री हुने वनपैदावारमा कर वा शुल्क लगाउने व्यवस्था, संघीय कानूनबाट हटाइसकेको चकला वन सम्बन्धी प्रावधान, कृषि हानीकारक वन्यजन्तु सम्बन्धी व्यवस्था, समुदायमा आधारित उपभोक्ता समूहको परिभाषा, सामुदायिक वनलाई एकीकृत गर्ने व्यवस्था र दर्ता भएको वन क्षेत्र स्वतः राष्ट्रिय वन हुने प्रावधान प्रदेश ऐनमा नराख्नुपर्ने धारणा र...
