फोहोरमैला व्यवस्थापनमा खटिने ५३ जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई पहिलो पटक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ ।

हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा.लिले यस कार्यमा संलग्न ५३ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा समावेश गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण हुने भएकाले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको बताउनुभयो । उहाँले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै सुरक्षाका उपायहरू अपनाएर मात्रै कार्यमा खटिन सफाई कर्मचारीलाई सुझाव दिनुभयो ।

फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्राध्यापक डा. आशिष खनालले सफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई शतप्रतिशत सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको पहिलो पटक भएको बताउनुभयो । उहाँले देशभर करिब ७० भन्दा बढी संस्था यस क्षेत्रमा सक्रिय भए पनि सम्पूर्ण कर्मचारीलाई एकैपटक कोषमा आवद्ध गराइएको यो पहिलो भएको दाबी गर्नुभयो । साथै उहाँले फोहोरमैला व्यवस्थापन ऐन संशोधन गरी केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि.का अध्यक्ष नवराज खतिवडाले सामाजिक सुरक्षा कोषमा आवद्धताले कर्मचारीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएर आगामी दिनमा निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । साथै हेटौंडाको फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन भैरवडाँडामा २१ कठ्ठा जग्गा भाडामा लिएर कम्पोष्ट प्लान सञ्चालनको तयारी गरिनुका साथै हेटौंडा–१ चौकीटोलमा वेस्ट डेमो सेन्टर निर्माण गर्न ५ कठ्ठा जमिन भाडामा लिइएको जानकारी दिनुभयो ।

ग्रीन एण्ड क्लिन सिटीले २०६२ सालदेखि नै उपमहानगरपालिकासँगको साझेदारीमा काम गर्दै आएको छ । २०७२ सालमा हेटौंडालाई नेपालकै पहिलो स्वच्छ शहर घोषणा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । हाल १३ वटा सवारी साधनमार्फत् फोहोर संकलन गर्दै आएको कम्पनीले स्रोतमै वर्गीकरणको अभ्यासलाई निरन्तरता दिइरहेको छ । कार्यक्रममा वडा नं. १० का अध्यक्ष तथा वन तथा वातावरण संरक्षण समितिका संयोजक फुर्वा दोर्जे लामा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, उपमहानगरपालिका वन तथा वातावरण शाखा प्रमुख हीम प्रसाद पौडेल, शाखा इन्जिनियर चन्दा खड्का, नेपाल ट्रेड युनियन बागमती प्रदेशका उपाध्यक्ष अर्जुन पौडेललगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"