मेरी आमा र मेरो जन्मभूमि

Advertisement
* खगेश्वर ढकाल
पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् ।
कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि गनी नसक्नु म्वाइँ खान्थिन् । म ठुलो हुँदै गएर पलापिन थालेँ । आमा फकाइ फकाइ खाना खुवाउँथिन् । मेरी आमा मेरो मुहार देखेर दङ्ग पर्दै म्वाइँ खाइरहन्थिन् । मेरी माताको मैले ऋण तिरेर कहिल्यै सक्दिन होला ।
स्वर्ग भनेको कस्तो होला कस्तो कसैलाई थाहा छैन । मैले स्वर्ग देखेर आएँ भन्ने पनि कोही छैन । स्वर्ग वैकुण्ठ भनेको मातृभूमि नै हुन् । जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी । जब म स्कुल जान थालेँ म मेरी आमाको पाउमुनि दुई हत्केला राखेर शिरले दण्डवत् गर्थे। उहाँले मलाई मुरी मुरी आशीर्वाद दिनुहुन्थ्यो । मेरी आमाले मेरा बाबाको आँखा कान छलेर खल्तीमा पैसा राखिदिनु हुन्थ्यो म त्यस बेला ज्यादै खुसी भएर स्कुलतिर दौडन्थेँ ।
अहिले म कहाँ पाऊँ मेरी आमालाई ? अहिले कल्पना गरौँ, जन्मभूमि र आमामा । हामी रुख, मोटर, डुङ्गा, जहाज, रेल इत्यादिमा सवार गरौँ हतार हतार कहिले त्यहाँबाट ओर्लिएर धर्तीमा पाइला राखौँला जस्तो हुन्छ । जब हामी ओर्लन्छौँ । आहा ! कति आनन्द अर्थात् कस्तो रमाइलो ! अहा कस्ती रहिछन् भूमि ! त्यस्तै टाढा टाढाबाट डुलेर घरमा आउँदा चन्द्र सूर्यको जस्तो मुहार पारेर भारी भारी आशीष दिनुहुन्थ्यो मेरी आमाले । धन्न मेरी आमा धन्न मातृभूमि । सूर्यको प्रकाश जस्तो काँचको टीका निधारमा लगाएको दृश्य देख्दा अहिलेसम्म मलाइ आमाको झझल्को लागि रहन्छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

नेपाली कांग्रेस मकवानपुरगढी–७ मा यमरत्न भुलुन सभापतिमा निर्विरोध

हेटौंडा /  नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका–७ को वडा अधिवेशनबाट यमरत्न भुलुन वडा सभापतिमा निर्विरोध चयन भएका छन् । त्...
कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

कांग्रेस हेटौंडा ३ को सभापतिमा रोशन गोले

हेटौंडा / नेपाली कांग्रेस को देशव्यापी १५औँ महाधिवेशन अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ मा नयाँ नेतृत्व चयन भएको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"