Day: ३ वर्ष अगाडि

हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

समाचार
काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो । ‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’ प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमण प्रति सङ्केत गर्दै नेता के.सी.ले भन्नुभयो, ‘नेपालको भूमिलाई प्रयोग गरेर अमेरिकीहरूले चिन विरोधी गतिविधि ग...
मेरी आमा र मेरो जन्मभूमि

मेरी आमा र मेरो जन्मभूमि

विचार/ लेख/रचना/ साहित्य
* खगेश्वर ढकाल पृथ्वीमा सबैभन्दा असल र प्यारो साथी मेरी आमा हुन् । जब म कसैको सहारा नभएको सानो बच्चा थिएँ, त्यस बेला उनले स्याहार सुसार र हेरविचार गरिन् । उनी मलाई झोलुङ्गोमा सुताउन लाग्दा मेरा दुई वटा गालामा म्वाइँ खान्थिन् पाँच सात पटक । त्यो बेलामा मैले थाहा नपाए पनि प्रकृतिले सिकाएकी हुन् । जब म ब्युँझेर रुन थाल्थेँ तब झटपट आएर मलाई काखमा राखेर निरन्तर म्वाइँ खान्थिन् । कालान्तरमा म ठुलो हुँदै गएर केही विषयको याद आउन थाल्यो । म पटक पटक बिरामी हुन्थेँ । तुरुन्तै स्वास्थ्य संस्थामा पुराउँथिन् मेरी आमाले । जब मेरो स्वास्थ्य ठिक हुन्थ्यो अनि गनी नसक्नु म्वाइँ खान्थिन् । म ठुलो हुँदै गएर पलापिन थालेँ । आमा फकाइ फकाइ खाना खुवाउँथिन् । मेरी आमा मेरो मुहार देखेर दङ्ग पर्दै म्वाइँ खाइरहन्थिन् । मेरी माताको मैले ऋण तिरेर कहिल्यै सक्दिन होला । स्वर्ग भनेको कस्तो होला कस्तो कसैलाई थाहा छैन । मैले...
सहरमा एक दिन

सहरमा एक दिन

अपराध/ अनुसन्धान
* हरिहर खनाल मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्‍यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको रहेछ, । माझी औँलाले स्क्रिनमा छोएँ र दाहिनेतिर धकेलेँ । अनि देब्रे कानमा टाँसेर भनेँ, ‘अँ रवि भन, के छ हालखबर ?’ ‘तिमीले लेखिसक्यौ ?’ बिना भूमिका रविले सोध्यो । रवि मेरो बाल सखा हो । साहित्यिक पत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"