हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.

Advertisement


काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो ।
‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’
प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमण प्रति सङ्केत गर्दै नेता के.सी.ले भन्नुभयो, ‘नेपालको भूमिलाई प्रयोग गरेर अमेरिकीहरूले चिन विरोधी गतिविधि गर्दै गएकोमा चिनियाहरु गम्भीर छन् । एमसीसीको प्रयोग गरेर अमेरिकाले नेपालमा चिन विरोधी गतिविधि गरेको चिन प्रस्ट नै छ ।’ वहाँले प्रश्न गर्नु भयो, ‘के हाम्रो भूमि विदेशीहरूको युद्ध भूमि बनाउनको लागि हो ?’
अखिल छैठौका उपाध्यक्ष गणेश अधिकारीको अध्यक्षता तथा महासचिव सुभाष जि.सी.को सञ्चालनमा भएको कार्यक्रममा सचिव पूरन पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो । बैठकलाई शुभकामना दिनेहरूमा अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर, अखिल छैठौका पूर्व महासचिव घनश्याम न्यौपाने लगायत पदम रोका, समीर सिंह, प्रा.डा.श्रीधर गौतम, कपिल खनाल, भीष्म जोशी, हरिकान्त शर्मा, कृष्ण पाण्डे लगायत हुनहुन्थ्यो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"