राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

Advertisement

२२ पौष, काठमाण्डौं – निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । 

निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात वटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको बताए । उनका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । कोशीमा जम्मा १० हजार १३५ मतभार कायम भएको छ ।

मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । यहाँ कुल मतभार १० हजार ७४४ छ ।

त्यस्तै, वाग्मती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् भने मतभार १० हजार ३३३ छ ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७० गरी २३० मतदाता कायम भएका छन् । यहाँ कुल मतभार ६ हजार ४१० कायम भएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २१८ गरी जम्मा ३०५ मतदाता कायम भएका छन् । मतभार ८ हजार ७५३ कायम भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९६ मतदाता कायम भएका छन् । यहाँ मतभार ५०८४ छ ।

त्यस्तै, सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी २२८ जना मतदाता कायम भएका छन् । यहाँ ६ हजार १०० मतभार कायम भएको छ ।

प्रवक्ता पौडेलका अनुसार यसपटक प्रदेश सभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार १९ रहेको छ । प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार कायम भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"