Day: २ वर्ष अगाडि

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति

Breaking News 1, प्रमुख समाचार, मधेश प्रदेश, समाचार
२२ पौष, सर्लाही -सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको हो। स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रजिअ धमलाले बताए। अस्पतालको स्तरोन्नती गर्ने विषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय गर्दै आएका जयशंकरको घटनास्थलमै मृत्यु भएको थियो। ...
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन

प्रमुख समाचार, समाचार
२२ पौष, काठमाण्डौं - निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।  निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात वटै प्रदेशबाट आइतबार एकैसाथ मतदाताको नामावली प्रकाशित भएको बताए । उनका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् । कोशीमा जम्मा १० हजार १३५ मतभार कायम भएको छ । मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । यहाँ कुल मतभार १० हजार ७४४ छ । त्यस्तै, वाग्मती प्रदेशमा ११० जन...
कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त

कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त

प्रदेश १, समाचार
२२ पौष, मोरङ - कोसी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गरेका छन् । खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा (२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आइतबार उक्त पदमा नियुक्त गरेका हुन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।...
मकवानपुर गढीमा रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने

मकवानपुर गढीमा रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद
हेटौंडा / मकवानपुरको गढी गाउँपालिकामा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो । पुस २८ गते देखी सुरु हुने प्रतियोगिता माघ १ गते समापन हुने समितिका संयोजक हिरा ९बाबु० स्याङ्तानले बताउनु भयो । मकवानपुरको १० वटै स्थानीयतह र आयोजकको थप १ वटा समूह सहित ११ वटा समूह प्रतियोगितामा रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेताले नगत रु १ लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले नगत रु ७५ हजार प्राप्त गर्ने जनाएको छ । खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने प्रावधान रहनुका साथै दर्ता शुल्क ३ हजार लाग्ने आयोजकले जनाएको छ ।...
हेटौंडामा ताम्सालिङ निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडामा ताम्सालिङ निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुख्य समाचार, समाचार
अञ्जना न्यासुर तामाङ हेटौंडा / तामाङ र ताम्सालिङ निर्माण सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटौंडामा सञ्चालन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा नेपाल तामाङ घेदुङ बागमती प्रदेशको समन्वयमा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष्य कालु घलानको सभा अध्यक्ष्यता र नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष्य मोहन गोलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने कार्यक्रमको उद्धघाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गर्नु भएको थियो । ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौ भन्दै नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष्य मोहन गोलेले प्रशिक्षण दिनु भएको थियो । लोकतन्त्रिक राज्य व्यबस्थामा खतरा बडेकोले ध्यान दिनु पर्ने बताउनु हुदै तामाङ समुदायको सभ्यता र स...
बागमती प्रदेशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छः मुख्य मन्त्री जम्कट्टेल

बागमती प्रदेशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छः मुख्य मन्त्री जम्कट्टेल

Breaking News 2, Breaking news 3, बागमती प्रदेश, मुख्य समाचार
हेटौंडा / बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमकट्टले बागमति प्रदेशलार्ई खाद्यन्नमा आत्मा निर्भर बनाउने लक्ष्य रहको बताउनु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको ५७ औ बार्षिक साधरण सभामा बोल्नु हुदै मुख्य मन्त्रि जमकट्टलले ८५ वटा पालिकालाइ उत्पादनको पकेट क्षेत्र तोकिने योजनामा सरकार रहेको भन्दै यस्तो बताउनु भएको हो । शनिबार हेटौंडामा आयोजना गरिएको उक्त साधरण सभामा मुख्य मन्त्रि जमकट्टले प्रदेश सरकारको अधिकारको दायरा ठुलो नभएकोले उधोगको क्षेत्रमा तालिम, कृषि क्षेत्रमा काम र उत्पादनमुलक सीप मात्र दिन सक्ने बताउनु भयो । ठुला ओैधोगिक क्षेत्रको दायरा प्रदेश सरकारसंग नभकोले हस्तकला र घरेलु उधोगलाई अगाडि बढाउन सक्ने जिकिर गर्नु भयो । उत्पादनको सवालमा उद्योग बाणिज्य संघ र प्रदेश सम्झौता गरेर अघि बड्नु पर्ने बताउनु भयो । मुख्य मन्त्रि बताउनु हुन्छ ९एउटा घर बनाउनु पर्दा मधेष प्रदेशबाट ढुङ्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"