हेटौंडा / बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमकट्टले बागमति प्रदेशलार्ई खाद्यन्नमा आत्मा निर्भर बनाउने लक्ष्य रहको बताउनु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको ५७ औ बार्षिक साधरण सभामा बोल्नु हुदै मुख्य मन्त्रि जमकट्टलले ८५ वटा पालिकालाइ उत्पादनको पकेट क्षेत्र तोकिने योजनामा सरकार रहेको भन्दै यस्तो बताउनु भएको हो ।
शनिबार हेटौंडामा आयोजना गरिएको उक्त साधरण सभामा मुख्य मन्त्रि जमकट्टले प्रदेश सरकारको अधिकारको दायरा ठुलो नभएकोले उधोगको क्षेत्रमा तालिम, कृषि क्षेत्रमा काम र उत्पादनमुलक सीप मात्र दिन सक्ने बताउनु भयो । ठुला ओैधोगिक क्षेत्रको दायरा प्रदेश सरकारसंग नभकोले हस्तकला र घरेलु उधोगलाई अगाडि बढाउन सक्ने जिकिर गर्नु भयो । उत्पादनको सवालमा उद्योग बाणिज्य संघ र प्रदेश सम्झौता गरेर अघि बड्नु पर्ने बताउनु भयो । मुख्य मन्त्रि बताउनु हुन्छ ९एउटा घर बनाउनु पर्दा मधेष प्रदेशबाट ढुङ्गा गिट्टि बालुवा ल्याउनुपर्ने अवस्था रहेको छ । यो परिस्थिति सिर्जना हुन नदिन ढुङ्गा गिटि बालुवा निकाल्न पाउनु पर्छ जस्ले रोजगारी सिर्जना हुन्छ ।
मुख्य मन्त्रि जमकट्टलले सडकमा लगानि बढेको तर सडक निर्माण सम्पन्न हुन नसकेको प्रतिबद्धता ब्यक्त गर्नु भयो । यसै गरी मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ताको अध्यक्षतामा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा उक्त साधरणसभा भएको थियो । साधरणसभमा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंह, प्रतिनिधि सभा सदस्य महेश बर्तौला,सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश सभासद एकलाल श्रेष्ठ, बागमती प्रदेश सभासद् लक्ष्मी श्रेष्ठ, प्रेम बहादुर पुलामी लगायत अन्य पदाधिकारीको उपस्थित रहेको थियो ।





























