हेटौंडा / मकवानपुरको गढी गाउँपालिकामा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुर गढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

पुस २८ गते देखी सुरु हुने प्रतियोगिता माघ १ गते समापन हुने समितिका संयोजक हिरा ९बाबु० स्याङ्तानले बताउनु भयो । मकवानपुरको १० वटै स्थानीयतह र आयोजकको थप १ वटा समूह सहित ११ वटा समूह प्रतियोगितामा रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताका विजेताले नगत रु १ लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेताले नगत रु ७५ हजार प्राप्त गर्ने जनाएको छ । खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने प्रावधान रहनुका साथै दर्ता शुल्क ३ हजार लाग्ने आयोजकले जनाएको छ ।





























