रारामा पर्यटकको घुइँचो, कसरी जाने रारा ?

Advertisement

काठमाडौँ  ।  मुगुको रारामा घुम्न आउने पर्यटकहरूको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ ।

विशेष गरेर नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् ।

समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरूको सङ्ख्या अत्यधिक बढेको बताइन्छ ।

पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधा सम्पन्न होटलहरु भइसकेका छन् । यही कारण  रारा घुम्न आउनेहरूको भीड बढेको  छ ।

रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुवै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृति हेर्नको लागि समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ ।

कसरी जाने रारा ?

रारा जान अहिले हवाई तथा स्थल मार्ग दुवै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ ।  हवाई मार्गबाट जाँदा भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घण्टा हिँडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडिसम्म सुर्खेतबाट हिँडेर १० दिनमा रारा पुगिन्थ्यो । तर, अहिले त्यस्तो रहेन । अहिले रारा जान १० दिन हिँड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौँबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ ।

काठमाडौँबाट हिँडेको करिब ३० देखि ३२ घण्टामा बसबाट जुम्ला सदरमुकाम खलङ्गा पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरूले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिञ्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ । गमगढीबाट हिँडेर चार पाँच घण्टाका रारा पुग्न सकिन्छ ।

हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगन्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौँबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौँ आउन सकिन्छ । काठमाडौँबाट बिहानको उडानमा नेपालगन्ज जाने । नेपालगन्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

ताल्चाबाट भने दुई घण्टामा रारा पुग्न सकिन्छ । रारालाई पुरै एक फन्को लगाएर एक रात राराका बसेर पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौँ आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सदरमुकाम पुग्नुपर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको हिँडाइमा डाँफे लेक पुग्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"