Day: ३ वर्ष अगाडि
ज्ञान प्राप्त गर्ने केही रणनीतिहरू
हाम्रो सिकाई एकदम तीव्र गतिका साथ हुनुपर्दछ भन्ने होइन । मूल कुरा सिकाइको रणनीति सही हुनुपर्दछ ।
सिकाइबाट एकै पटक उपलब्धि प्राप्त गरिने होइन । विभिन्न प्रविधि तथा रणनीति प्रयोग गरेर सिकाइको क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव हुन सक्छ । हामीले सिक्ने तरिका कस्तो हुनुपर्दछ ? त्यसको लागि निम्न रणनीतिहरू उपयोगी हुन सक्दछ ।
* आफ्नो स्मरण शक्ति बढाउने उपाय खोजौँ
* सधैँ नयाँ कुराहरू सिक्न जारी राखौँ
* सिक्ने विभिन्न प्रविधिहरू प्रयोग गरौँ
* अरू कसैलाई सिकाउने प्रयास गरौँ
* पहिले नै थाहा भएको कुराहरूसँग नयाँ जानकारी जडान गरौँ
* नयाँ-नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजौँ
* गल्तीहरू, सिकाई प्रक्रियाको भाग हो भन्ने बुझौँ
* हरेक दिन अलिकति अध्ययन गरौँ
* आफैलाई परीक्षण गरौँ
* एक समयमा एउटा कुरामा केन्द्रित हौँ...
इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु
काठमाडौँ । गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ ।
प्यालेस्टिनी पत्रकार रुस्दी सरराजको गाजामा रहेको उनको घरमा इजरायली हमलामा मृत्यु भएको स्थानीय पत्रकार र सहकर्मीहरूले बताएका छन्।
' मेरो नजिकको साथी, रुस्दी सरराज, उनको घरमा इजरायली बम बारीमा मारिए। उहाँ एक प्रतिभाशाली फोटो पत्रकार र निर्देशक हुनुहुन्थ्यो ।' अन्तर्राष्ट्रिय फोटो पत्रकार विसाम नस्सरले इन्स्टाग्राममा भनेका छन् ।
आइतबार सरराजको मृत्यु भएको खबर अन्य धेरै स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा दिएका छन्।...
रारामा पर्यटकको घुइँचो, कसरी जाने रारा ?
काठमाडौँ । मुगुको रारामा घुम्न आउने पर्यटकहरूको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरूले रारामा भिडभाड बढाएको छ ।
विशेष गरेर नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध तालको रूपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरूले भरिएका छन् ।
समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरूको सङ्ख्या अत्यधिक बढेको बताइन्छ ।
पहिला पर्यटकले यो ठाउँमा सहजै बास पाउने अवस्था थिएन तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधा सम्पन्न होटलहरु भइसकेका छन् । यही कारण रारा घुम्न आउनेहरूको भीड बढेको छ ।
रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुवै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृति हेर्नको लागि समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले...
तौल बढेर हैरान हुनुहुन्छ, यी आठ वटा खाना खानुहोस्
काठमाडौँ । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरू प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मन पर्ने चीजहरूबाट टाढा रहनुपर्छ।
यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईँको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी तपाईँलाई यी टिप्सहरू दिएर सहयोग गर्नेछौँ ।
यो कुरा सत्य छ कि तौल घटाउन खोज्दा धेरै चीजहरू जस्तै जङ्क फुडलाई पुरै बेवास्ता गर्नुपर्छ र कडा आहारको पालना गर्नुपर्छ। तर हामी तपाईँलाई भनौँ कि तपाईँले आफ्नो आहारमा वजन घटाउने यी व्यञ्जनहरू समावेश गरेर छिटो तौल घटाउन सक्नुहुन्छ, किनकि यी सबै व्यञ्जनहरूमा क्यालोरी धेरै कम हुन्छ र फाइबरमा उच्च हुन्छ र यसमा प्रोटिनको मात्रा पनि धेरै हुन्छ।
इडली सम्भर
दक्षिण भारतीय परिकार इडली साम्बर एक हल्का डिश हो जसमा क्यालो...
गोरखा केन्द्रबिन्दु भएर दोस्रो भूकम्प
काठमाडौँ, कार्तिक ५ । गोरखाको आबुखैरेनी केन्द्रबिन्दु भएर दोस्रो भूकम्प आएको छ । भूकम्पको गहिराई ५.२ मेग्नीच्युडको थियो । काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ । धक्काले दसैँको रमझममा रहेकाहरूलाई झस्काएको छ ।
यसअघि वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
