चोमोलोङमा सांगीतिक सौगात भाग -४ को तयारी ९५ प्रतिशत सकियो : आयोजक

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया /  आपतकालिन राहत कोष निर्माणको मुख्य नारा दिएर नजिकिदै गरेको कोरियन पर्व सलनालको अवसर पारेर पुर्वाञ्चल सरोकार समाजको समन्वय र सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको  मुख्य आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतिक  सौगात भाग-४ को तयारी ९५ प्रतिशत पुरा भएको आयोजकले जानकारी दिएको छ ।

आइतवार सौलको दोङ्देमुन स्थित थाइ नेपाली रेष्ट्रोरेण्टको सभाहलमा पत्रकार सम्मेलन तथा अन्तरकृया कार्यक्रमको आयोजना गर्दै एस्तो जानकारी दिएको हो । हाल सम्म सबै कलाकारहरुले भिषा पाइसक्नुका साथै अन्य थुप्रै मुख्य तयारीहरु लगभग पुरा भएको आयोजक संस्थाका अध्यक्ष राजु राइले बताएका छन । आगामी १० फेब्रुअरी सलनालको दोश्रो दिन हुने उक्त कार्यक्रममा सबिन राइ एण्ड फारोह ब्याण्डको प्रस्तुती रहनुका साथै ख्यातिप्राप्त गायिका सुनिता थेगिम, मुन्धुम गायक प्रबिम सेर्मा ,  गायिका मनिता राइ र अभिनेत्री / मोडल अनुसा राइको मुख्य प्रस्तुती रहने छ । त्यस्तैगरी स्थानिय कलाकाहरुको पनि प्रस्तुती रहने जनाएको छ  ।

अनुमानित  सात करोड वनको पेरिफेरीमा खर्च हुने अनुमान गरिएको कार्यक्रमको लागि हाल सम्म दुइ करोड वनको आसपासमा सहयोग रकम सङ्कलन भैसकेको जनाएको छ । सोलुखुम्बु सेवा समाजले विगतको वर्षहरुमा आयोजना गरेको कुनैपनि कार्यक्रमहरु अफसल नभएकोले यस पटकको कार्यक्रम पनि पुर्ण रुपमा सफल हुने र उद्धेश्य मुताबिकको काम गर्न सकिनेमा ढुक्क रहेको आयोजक संस्थाका अध्यक्ष राजु राइले दाबी समेत गरेका छन । आयोजकले हाल सम्म एक हजार प्रति टिकट बितरणको लागि बिभिन्न स्थानमा उपलब्ध गराइएको जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार पचास हजार भन्दा बढी सहयोग गर्ने र पचास हजारको स्पेशल टिकट खरिद गर्नेहरु मध्ये एकजनालाइ चिठ्ठा मार्फत आइफोन १५ प्रोम्याक्स उपहार समेत ब्यवस्था गरिएको जानकारी दिएको छ ।

आइतबार भएको पत्रकार सम्मेल तथा अन्तरकृया कार्यक्रममा पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष गजेन्द्र शेर्मा, सोलुखुम्बु सेवा समाजका सल्लाहकार युगेल तेण्डुप शेर्पा, पत्रकार महासङ्घ दक्षिण कोरियाका अध्यक्ष किशन  गौतम र अन्य थुप्रै सरोकारवाला संस्थाको प्रतिनिधीहरुको बाक्लो सहभागिता रहेको थियो । एनसीसी दक्षिण कोरियाको कार्यक्रम बाडफाड अन्तर्गत नरहेको उक्त कार्यक्रमलाइ सफल बनाउन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया मुख्य समन्वय तथा सहयोगि छाता संस्थाको रुपमा उभिएको छ । सोही दिनमा एन सीसी अन्तर्गत रहेर आयोजना गर्ने छुट्टै कार्यक्रम भएकोले आयोजक सङ्गै अभिभावकिय समन्वयकारी भुमिकामा रहेको पुर्वाञ्चल सरोकार समाजले कार्यक्रम तयारीको रफ्तारलाइ तिब्र  पारेको देखिन्छ । आइतबार भएको कार्यक्रम दुइ चरणको सेसनमा भएको थियो । दोश्रो चरणमा भएको अन्तरकृया कार्यक्रममा कार्यक्रमको तयारी र अन्य विषयहरुमा थप छलफल समेत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"