Day: २ वर्ष अगाडि

चोमोलोङमा सांगीतिक सौगात भाग -४ को तयारी ९५ प्रतिशत सकियो : आयोजक

चोमोलोङमा सांगीतिक सौगात भाग -४ को तयारी ९५ प्रतिशत सकियो : आयोजक

Breaking News 1, कोशी प्रदेश, प्रवास, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया /  आपतकालिन राहत कोष निर्माणको मुख्य नारा दिएर नजिकिदै गरेको कोरियन पर्व सलनालको अवसर पारेर पुर्वाञ्चल सरोकार समाजको समन्वय र सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको  मुख्य आयोजनामा हुदै गरेको चोमोलोङ्मा सांगीतिक  सौगात भाग-४ को तयारी ९५ प्रतिशत पुरा भएको आयोजकले जानकारी दिएको छ । आइतवार सौलको दोङ्देमुन स्थित थाइ नेपाली रेष्ट्रोरेण्टको सभाहलमा पत्रकार सम्मेलन तथा अन्तरकृया कार्यक्रमको आयोजना गर्दै एस्तो जानकारी दिएको हो । हाल सम्म सबै कलाकारहरुले भिषा पाइसक्नुका साथै अन्य थुप्रै मुख्य तयारीहरु लगभग पुरा भएको आयोजक संस्थाका अध्यक्ष राजु राइले बताएका छन । आगामी १० फेब्रुअरी सलनालको दोश्रो दिन हुने उक्त कार्यक्रममा सबिन राइ एण्ड फारोह ब्याण्डको प्रस्तुती रहनुका साथै ख्यातिप्राप्त गायिका सुनिता थेगिम, मुन्धुम गायक प्रबिम सेर्मा ,  गायिका मनिता राइ र अभिनेत्री / मोडल अ...
भुटन देवि विद्यालयको अभिभावक भेलामा प्राविधिक भवनको उद्धघाटन

भुटन देवि विद्यालयको अभिभावक भेलामा प्राविधिक भवनको उद्धघाटन

Breaking News 1, बागमती प्रदेश, शिक्षा, समाचार
हेटौंडा/ मकवानपुरको हेटौंडा- ४ स्थित भुटन देवि माध्यमिक विद्यालयको ५७ औं अभिभावक भेला आईतबार सञ्चालन गरिएको छ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्धालयका पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले बिद्यालयको प्राबिधिक भवनको उद्घाटन् गरिएको हो । विःस २०७६ सालमा शिलन्यास गरिएको नौ कोठे प्राविधिक भवनको अनुमानित लागत १ करोड ८१ लाख २५ हजार ६ सय १५ रुपैँया रहेकोमा १ करोड ७८ लाख ७३ हजार ४ सय ३७ रुपैँया ८६ पैसा रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको भुटनदेवि माध्यमिक बिद्यालय, प्राबिधिक शिक्षालयको ५७ औं अभिभाबक भेला, पुरस्कार वितरण, सम्मान कार्यक्रम एबम बिद्यालयको नौ कोठे प्राबिधिक भवनको आज उद्घाटन् गरिएको छ।भुटन देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव प्रसाद घिमिरे कार्यक्रममा बोल्नु हुदै पुर्व मन्त्रि श्रेष्ठको प्रमुम आतिथ्यता र विद्यालय व्यबस्थाजन समि...
राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न गठबन्धनको बैठक आज बस्दै

राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न गठबन्धनको बैठक आज बस्दै

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज आइतबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा सहमति नजुटेका विषय बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने विकल्पमाथि छलफल भएको थियो । यही विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकबाट निर्णय हुनसक्ने बुझिएको छ । साथै आगामी संसद अधिवेशनबाट सरकारले टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी समेत गरिरहेको छ ।...
इजरायल र हमासबीचको द्वन्द्वमा पत्रकार मारिनेक्रम बढ्दो

इजरायल र हमासबीचको द्वन्द्वमा पत्रकार मारिनेक्रम बढ्दो

Breaking News 1, प्रवास, समाचार
एजेन्सी / इजरायल र हमासबीचको पछिल्लो द्वन्द्व सुरु भएयता मध्यपूर्वमा पत्रकार मारिनेक्रम बढेको छ । गत अक्टोबर ७ यता गाजापट्टी, इजरायल र लेबनानमा गरि कम्तिमा ८२ पत्रकार मारिएका छन् । ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सिपिजे)का अनुसार हताहत हुनेमा ७५ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार छन् । सिपिजे को विज्ञप्तिमा अक्टोबर ७ देखि मारिएका सबै पत्रकारहरूको नाम सूचीबद्ध गरिएको छ । संस्थाका अनुसार सिपिजेले सन् १९९२ मा तथ्याङ्क सङ्कलन गर्न थालेपछि पत्रकारहरूका लागि यो सबैभन्दा घातक अवधि देखिएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"