नेपाली सम्पर्क समिति बुसान शाखाको अध्यक्षमा चन्द्र कार्की सर्बसम्मत

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरिया बुसान शाखाको आइतबार सम्पन्न भएको ११ औै अधिबेशनबाट अध्यक्षमा चन्द्र कार्की सर्बसम्मत निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्षमा बिरेन्द्र पौडेल, महिला उपाध्यक्षमा सुनिता बडवाल, महासचिवमा जीवन तामाङ, सचिवमा प्रकाश कार्की, कोषाध्यक्षमा साम बहादुर गुरुङ र सदस्यहरुमा क्रमश बिवेक निङलेखु,सुजन अधिकारी,जयानन्द जोशी,अरुण गोपाली,नारायण कार्की, रक्षा कार्की लगायत सर्बसम्मत रुपमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न भएको अधिबेशनमा नेपाली सम्पर्क समिति बुशान शाखाको अध्यक्ष संगीत अधिकारीको अध्यक्षता रहनुका साथै नेपाली सम्पर्क समिति दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष हरी प्रसाद खनालको प्रमुख आतिध्यता रहेको थियो । त्यसैगरी नेपाली सम्पर्क समिति दक्षिण कोरियाका केन्द्रीय संरक्षक लोचन राई, गैर आवसीय नेपाली संघ दक्षिण कोरियाको निवर्तमान बरिष्ठ उपाध्यक्ष सञ्जीब राई, जनप्रतिशिल मञ्च दक्षिण कोरियाका अध्यक्ष ईश्वर कठायत, एनसीसी बुसान शाखाका संस्थापक अध्यक्ष एलबी विष्ट, नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाकी अध्यक्ष परि गुरुङ लगायतको विशेष आतिथ्यता रहनुका साथै सरोकारवाला संघ संस्थाका पदाधिकारी एबम् प्रतिनीहरुको आतिथ्यता रहेको थियो ।

त्यसैगरी उक्त अधिबेशनमा बुशान आसपासका सरोकारवाला ब्यक्तिहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी हरी प्रसाद खनालले आउदो दिनहरुमा एनसीसी बुसान शाखाले आफ्नो भुमिकालाई तल्लोतह सम्म लगेर बुसान क्षेत्रमा कृयाशिल सबै संस्थाहरुलाई सन्तुलित रुपमा गोलबन्द गर्दै अघि लैजानको निम्ती सुझाएका थिए ।

नव निर्वाचित अध्यक्ष कार्कीले आउदो दिनहरुमा बुसान आसपासमा कृयाशिल हरेक संस्थाहरुलाई समेटेर आफुहरु अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बक्ताहरुले एनसीसीको भूमिका र औचित्यको विषयलाई प्रस्ट पार्दै आउदो दिनहरुमा एनसीसी सकृय रहनुपर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"