धौलागिरी सांगीतिक सौगात भाग-४ बाट ३ करोड वन मुनाफा हुने अनुमान
शुभराज भोम्जन
दक्षिण कोरिया । आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन १० फेब्रुअरीमा बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको धौलागिरी सांगीतिक सौगात भाग ४ बाट कम्तिमा ३ करोड वन बराबरको मुनाफा हुने आयोजकले जनाएको छ । प्रवासी भूमिमा आपतकालिन राहत कोष स्थापना गर्ने उद्धेश्य राखेर आयोजना गर्दै गरेको उक्त कार्यक्रबाट हाल सम्मको अवस्थालाई अनुमान गर्दा कम्तिमा ३ करोड वन बराबरको फाईदा हुने देखिएको आयोजकले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
टिकट मात्रै बिक्री गरेर कार्यक्रम पूर्ण रुपमा फाईदामा लान सक्ने अवस्था नरहेता पनि बिभिन्न सामाजिक ब्यक्तित्वहरु र ब्यवसायिक घरानाहरुबाट भएको सहयोगको आधारमा कार्यक्रम फाईदामा जान सक्ने अनुमान आयोजकले गरेको हो । हाल सम्म ४ करोड वन छेउछाउमा सहयोग रकम संकलन भैसकेको छ । कार्यक्रमको अन्तिम समय सम्ममा टिकट बाहेक सहयोगि दाताहरुबाट ५ करोड वन भन...
