धौलागिरी सांगीतिक सौगात भाग-४ बाट ३ करोड वन मुनाफा हुने अनुमान

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन १० फेब्रुअरीमा बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा हुदै गरेको धौलागिरी सांगीतिक सौगात भाग ४ बाट कम्तिमा ३ करोड वन बराबरको मुनाफा हुने आयोजकले जनाएको छ । प्रवासी भूमिमा आपतकालिन राहत कोष स्थापना गर्ने उद्धेश्य राखेर आयोजना गर्दै गरेको उक्त कार्यक्रबाट हाल सम्मको अवस्थालाई अनुमान गर्दा कम्तिमा ३ करोड वन बराबरको फाईदा हुने देखिएको आयोजकले आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

टिकट मात्रै बिक्री गरेर कार्यक्रम पूर्ण रुपमा फाईदामा लान सक्ने अवस्था नरहेता पनि बिभिन्न सामाजिक ब्यक्तित्वहरु र ब्यवसायिक घरानाहरुबाट भएको सहयोगको आधारमा कार्यक्रम फाईदामा जान सक्ने अनुमान आयोजकले गरेको हो । हाल सम्म ४ करोड वन छेउछाउमा सहयोग रकम संकलन भैसकेको छ । कार्यक्रमको अन्तिम समय सम्ममा टिकट बाहेक सहयोगि दाताहरुबाट ५ करोड वन भन्दा बढी संकलन गर्ने लक्ष्य समेत रहेको कार्यक्रम संयोजक सुवास लामिछानेले बताए । एनसीसी दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अनतरगत र गण्डकी प्रदेश समाजको समन्वयमा हुदै गरेको उक्त कार्यक्रमको अनुमानित खर्च ३ देखि ४ करोड वन बराबर रहेको समेत आयोजकले जानकारी दिएका छन् । धौलागिरी सांगीतिक सौगात हुने दिनमानै अन्य उस्तै प्रकृतिको ठुला सांगीतिक कार्यक्रम हुने भएता पनि उक्त कार्यक्रमबाट आर्थिक रुपमा खास्सै ह्रास नहुने आयोजकको दाबि रहेता पनि रात्रिकालिन कार्यक्रमहरुले भने आंशिक रुपमा असर  गर्ने आयोजकको स्विकारोक्ति रहेको छ ।

हालसम्म १ हजार ५ सय टिकट बिक्री बितरणको लागि बिभिन्न संघ संस्थाहरु र बिभिन्न ब्यवसायिक स्थानहरुमा पठाईसकेको तर कत्ति मात्रामा टिकट बितरण भयो भन्ने कुनै बिवरण नभएको जनाएको छ । ब्यानरमा राखेर प्रचार गरको सबै कलाकारहरुको भिषा लागिसकेको र कार्यक्रमको अघिल्लो दिन सम्ममा सबै कलाकारहरु कोरिया आईपुग्ने जानकारी दिएको छ । उक्त कार्यक्रममा राजेश पायल राई, बशन्त थापा, सुबोध गौतम, शान्तिश्री परियार लगायत सात जना कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रम आयोजना गर्दै गर्दा हल ब्यवस्थापन र नेपाल स्थित कोरियन एम्बेसीमा कलाकारहरुको भिषा अप्लाई गर्न डेट लिन थुप्रै सकस खेप्नु परेको जिल्ला अध्यक्ष भूमिराज भुसालले बताए । पत्रकार सम्मेलनमा एनसीसीको भूमिका प्रति प्रस्न उठ्दा तुलनात्मक रुपमा चित्तबुझ्दो रहेता पनि कार्यक्रम सफल पार्नको लागि समन्वयकारी भूमिका निर्वाह गर्दै गरेको गण्डकी प्रदेश समाजको अध्यक्ष प्रबिन गिरीले केही प्राबिधिक तथा नितीगत पक्षहरुमा खबरदारी समेत रहेको बताए ।

बाग्लुङ समाजले कार्यक्रमको तयारीको विषयमा जानकारी दिने उदेश्य राखेर दोङ्देमुन स्थित दर्शण नमस्ते रेष्टुरेण्टको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा एनसीसी दक्षिण कोरियाका उपाध्यक्ष एवम् साँस्कृतिक समन्वय बिभाग प्रमुख हर्क विष्ट, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, गैर आवसीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष तथा बाग्लुङ समाज दक्षिण कोरियाका संरक्षक बिपिन कुमार गुरुङ, बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्ष भूमिराज भूसाल,कार्यक्रम संयोजक सुवास लामिछाने, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङतान र अन्य बिभिन्न संघ संस्थाको पदाधिकारी तथा प्रतिनिधीहरुको आतिथ्यता रहनुका साथै बिभिन्न सरोकारवाला संघ संस्थाको ब्यक्तिहरुको बाक्लो सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"