माघ २७ गते हेटौंडमा सोनाम ल्होछार हुने: तामाङ जातीले शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार

Advertisement

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ सास्कृतिक महाउत्सव सोनाम ल्होछार हुने भएको छ । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा माघ २७ गते ल्होछार महाउत्सव हुनेभएको हो ।

आयोजकले पत्रकार सम्मेलन गर्दै ल्होछार हुने सम्बन्धमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने ल्होछार कार्यक्रममा तामाङ गायन क्षेत्रमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । तामाङ समुदायको नयाँ बर्षको रुपमा मनाउदै आएको सोनाम ल्होछारमा तामाङ भेषभुषा झल्काउने पोसाक र परिकारहरुको स्टल राखी प्रदर्शन गर्ने उक्त समितिलबेका सचिव किरण बलले बताए । साथै लामा,बोम्बो, ताम्बाडम्फुरे सहितको ¥यालि तथा झाकी प्रद्धर्शन,शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने उनले बताएका छन् ।

नेपाल तामाङ घेदुङ,जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष्य कालु घलान पत्रकार सममेलनमा आफ्नो तर्क राख्दै,

टिसिएन चौरमा आयोजित ल्होछार कार्यक्रमको लागि मकवानपुरका विभिन्न स्थानिय तहको आर्थिक सहयोग रहेको , जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष्य कालु घलानले जानकारी दिए । कार्यक्रममा ८ देखि १० हजार जना दर्शकले अनुगमन गर्ने अनुमान गरिएको छ भने ८ देखि ९ लाख खर्च हुने अनुमान गरिएको नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समितिका अध्यक्ष्य कालु घलानले बताए ।

सोनाम ल्होछार के हो? किन मनाईन्छ ?

तामाङ जाती हजारौ बर्षदेखि शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार लाई धुमधाम गरी मनाउने गर्छन । नेपालमा तानाशाही राणा शासनपछि ३० वर्षे पञ्चायति व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी तामाङ जातिय आन्दोलका दौरानमा राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको थियो । करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनामोहन अधिकारीको कार्यकालमा नेपालको राष्ट्रिय पर्वको सोनाम ल्होछार सूचीकृत भयो । त्यस पछि नेपालमा विभिन्न जातिहरुले नयाँ बर्षको उपलक्ष्यमा राष्ट्रिय पर्व ल्होछार मनाउदै आएका छन् । ल्होछार तामाङ, शेर्पा, गुरुङ, भोटे आदि जातिले मनानेगर्छन् ।

यसै गरी सोनाम ल्होछार तामाङ समु्दायले नयाँ बर्षको रुपमा मनाउदै आएका छन् । ल्होछार मन्जुश्री र कालचक्र ज्योतिशास्त्रमा आधारीत रहन्छ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व पनि हो । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । तामाङहरूले पनि सोनाम ल्होछार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले यस्ता ’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई तामाङ समुदायले बाह्र राशिको रूपमा पनि लिने गरिन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ ।

१) धार्मिक महत्व
बौद्ध धर्मावलम्बीहरु ल्होछारको नयाँ दिन यस वर्ष सबैको शुभमंगल र राम्रो होस् भन्ने कामनाका साथ लामाद्वारा मंगलामृत मन्त्र वाचन गरि घरको आँगनमा आफ्नो संस्कृति अनुसार ग्रहशान्ति पूजा गर्दछन् ।

२) सामाजिक महत्व

ल्होछारको अवसरमा परदेश गएका आफन्त घरमा आउने, कुलकुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवानहरु खुवाउने, नयाँ कपडा लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीत(संगीतमा नृत्य गर्दै रमाइलो गरिने भएको हुदाँ यसले सामाजिक महत्व राख्दछ ।

३) आर्थिक महत्व

बौद्ध ज्योतिष शास्त्रमा आधारित ल्होछार परम्परा अन्धविश्वासमा चलेको संस्कृति होइन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"