नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजना गर्ने बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा, उर्गेन दोङ, सुमिना लो र अनु चौधरी आउने

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपालको राष्ट्रिय पर्व तथा तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व २८६० डुक ल्हो “सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४” को तयारी अन्तिम चरणमा पुगेको घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतानले जानकारी दिएका छन् ।

घेदुङ दक्षिण कोरियाले कोरियन पर्व सलनालको पहिलो दिन ०९ फेब्रुअरी २०२४ मा आयोजना गर्ने उक्त बृहत साँस्कृतिक कार्यक्रममा नेपाल देखि अतिथी कलाकारहरुको रुपमा ख्यातिप्राप्त गायक उर्गेन दोङ, सेलो गायिका सुमीना लो र गायिका अनु चौधरीको विशेष सांगीतिक प्रस्तुती रहने छ । सौलको दोङदेमुन नजिकै रहेको एडब्लु कन्भेसन हलमा हुने साँस्कृतिक कार्यक्रमको लागि गर्नु पर्ने थुप्रै तयारीहरु लगभग पुरा भए संगै आयोजकले दक्षिण कोरियामा रहेका समस्त ल्होछार प्रेमीहरुलाई लाबा न्युज मार्फत सार्वजानिक रुपमा सहभागिताको निम्ती विशेष आह्वान समेत गरेका छन् ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले हरेक वर्ष तामाङ सँस्कृतिलाई जगेर्ना एवम् प्रवर्दन गर्ने हेतुले विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरि ल्होछार मनाउदै आईरहेको छ । खानपान सहित हुने उक्त साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरु गायिका रिचा ब्लोन,नृत्याङ्गना म्युजिक भिडीयो अभिनेतृ प्रतिज्ञा लामा, गायक तथा संगीतकार सुर्य रुम्बा, गायक करप रुम्बा, आशिष मोक्तान, र्यापर दोर्जे जोजो, गायक हस्त तामाङ, पेम्बा तामाङ लगायतका थुप्रै कलाकारहरुको प्रस्तुती रहने छ । विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि घेदुङको शाखा कार्य समिति बुसान शाखा र जेजुदो शाखाको आयोजनामा पनि सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै छ ।

घेदुङ दक्षिण कोरियाले गत वर्ष शैक्षिक कल्याणकारी कोष स्थापना गर्ने उद्धेश्य राखेर आयोजना गरेको कार्यक्रम योजना मुताबिक सफल भएको थियो । गत वर्षको योजना मुताबिक घेदुङ दक्षिण कोरियाले नेपाली १० लाख भन्दा बढी रकमको शैक्षिक कल्याणकारी कोषको स्थापना गरिसकेको छ । यस वर्ष भने आपतकालिन् राहत कोष स्थापना गर्ने उद्धेश्य राखेर कार्यक्रम आयोजना गरिएको छ । गत वर्षझै यस वर्ष पनि कार्यक्रम सफल हुनेमा आफुहरु ढुक्क रहेको सचिव निर योञ्जनले बताए । दिउसो ३ बजेदेखि सुरुहुने उक्त बृहत साँस्कृतिक कार्यक्रम राती १० बजे सम्म हुने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"