Day: २ वर्ष अगाडि

जन्मदिनको अवसरमा १३९ विद्यार्थीलाई ब्याग वितरण

जन्मदिनको अवसरमा १३९ विद्यार्थीलाई ब्याग वितरण

Breaking News 1, शिक्षा, समाचार
हेटौंडा/ छोरीको जन्म दिनको अवसरमा १३९ विद्यार्थीलाई ब्याग र खाजा वितरण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५ निवासी स्याङ्बो दम्पति कालुमान र डोल्माले छोरीको जन्मदिनमा एउटा विद्यालयका विद्यार्थीलाई ब्याग तथा खाजा वितरण गरेका छन् । आइतबार हेटौंडा ५ निवासी स्याङ्बो दम्पति कालुमान र डोल्माले हेटौंडा–१२, पदमपोखरीस्थित व्रह्मदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलार्ई सामाग्रि वितरण गरिएको हो ।स्याङ्बोले सरकारी विद्यालयमै पढेर सफल हुन सकिने भन्दै विद्यार्थीलाई निर्धक्कले पढ्न आग्रहसमेत गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि रहेकी डोल्माले छोरीको जन्मदिनको अवसरमा सहयोग उपलब्ध गराउन पाउ“दा खुसी व्यक्त गरिन् । यसै गरी ब्याग तथा खाजा बितरण कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष कालु घलान, विद्यालय प्रधानाध्यापक गोकुलप्रसाद गौतम, जिल्ला समन्वय समिति मकवानपुर...
पहिचानको नारा लिएर चुनावमा जाँदा जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण : प्रधानमन्त्री दाहाल

पहिचानको नारा लिएर चुनावमा जाँदा जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण : प्रधानमन्त्री दाहाल

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएको छ । आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकोे हो । प्रधानमन्त्री दाहालले २०७० सालको चुनावमा आफूहरु पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर निर्वाचनमा गएको भएपनि आदिवासी जनजातिकै साथ नपाएको उनले बताए । उनले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचानविरोधीलाई मत दिएको बताएको उल्लेख गरेका छन् । उनले यो दोष आदिवासी जनजातिको नभइ पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको बताए । उनले पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजना गर्ने बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा, उर्गेन दोङ, सुमिना लो र अनु चौधरी आउने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्धारा आयोजना गर्ने बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा, उर्गेन दोङ, सुमिना लो र अनु चौधरी आउने

Breaking News 1, प्रमुख समाचार, प्रवास
शुभराज भोम्जन दक्षिण कोरिया । नेपालको राष्ट्रिय पर्व तथा तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व २८६० डुक ल्हो “सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०२४” को तयारी अन्तिम चरणमा पुगेको घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतानले जानकारी दिएका छन् । घेदुङ दक्षिण कोरियाले कोरियन पर्व सलनालको पहिलो दिन ०९ फेब्रुअरी २०२४ मा आयोजना गर्ने उक्त बृहत साँस्कृतिक कार्यक्रममा नेपाल देखि अतिथी कलाकारहरुको रुपमा ख्यातिप्राप्त गायक उर्गेन दोङ, सेलो गायिका सुमीना लो र गायिका अनु चौधरीको विशेष सांगीतिक प्रस्तुती रहने छ । सौलको दोङदेमुन नजिकै रहेको एडब्लु कन्भेसन हलमा हुने साँस्कृतिक कार्यक्रमको लागि गर्नु पर्ने थुप्रै तयारीहरु लगभग पुरा भए संगै आयोजकले दक्षिण कोरियामा रहेका समस्त ल्होछार प्रेमीहरुलाई लाबा न्युज मार्फत सार्वजानिक रुपमा सहभागिताको निम्ती विशेष आह्वान समेत गरेका छन् । नेपाल तामाङ घेदुङ...
प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई बागमती प्रदेश सरकारको तीव्रता

प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई बागमती प्रदेश सरकारको तीव्रता

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा /  बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन गर्दै गत पुस ९ र माघ २ मा भारी मात्रामा कर्मचारी भर्ना गर्ने गरी प्रदेश लोक सेवा आयोग मार्फत पदपूर्तिका लागि भर्ना खुल्ला गरी प्रक्रिया अघि बढाइसकेको छ भने उक्त ऐन कार्यान्वयनमा रहेका समस्या हल गर्न निजामती सेवा नियमावली जारी गर्ने तयारी गरेको छ । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनको प्रभावकारी कार्यान्वयनमा लागि नियमावली जारी गर्ने तयारी गरेको हो । प्रदेश सरकारले निजामती सेवा ऐन २०७९ को दफा १३५ ले दिएको अधिकार प्रयोग गरेर नियमावली जारी गर्न तयारी गरेको हो । सो दफा अनुसार नियमावली जारी गर्न प्रदेश सरकारले नियमावलीको ड्राफ्ट तयार गरी विभिन्न चरणको छलफल पछि जारी गर्ने अन्तिम तयारी गरेको हो ।...
चिलीको जंगलमा डढेलोबाट ४६ जनाको मृत्यु

चिलीको जंगलमा डढेलोबाट ४६ जनाको मृत्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी/ लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट पारेको छ । तटीय पर्यटक सहर भिना डेल मारका मेयरले आफ्नो क्षेत्रका दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको जानकारी दिनुभयो । गृह मन्त्रालयका अनुसार देशभर ४३ हजार हेक्टरभन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताइएको छ । मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश भुावा र खरानीले ढाकिएको छ । पर्यटकीय शहर भिना डेल मार वरपरका सबै प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरू पुग्ने प्रयास गरिरहेका गरिरहेका छन् ।...
देशका अधिकांश भागमा वर्षा हुने

देशका अधिकांश भागमा वर्षा हुने

Breaking news 3, समाचार
काठमाडौं/ आजदेखि दुई दिन देशका अधिकांश भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै वर्षा र हिमपात हुने जनाएको हो । बागमती प्रदेशको काठमाडौँ लगायतका स्थानमा पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै तराई भेगमा पनि वर्षा हुनेछ । यसैगरि आइतबार र सोमबार हुने वर्षाले न्यूनतमका साथै अधिकतम तापक्रममा गिरावट आउने हुँदा थप चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"