प्रकास तितुङको “सोनाम ल्होछार आयो है” बोलको गीत सार्वजानिक

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । गायक तथा संगीतकार प्रकास तितुङ तामाङको शब्द संगीत अनि स्वरमा तयार भएको “सोनाम ल्होछार आयो है” बोलको गीत म्युजिक भिडीयो सहित मंगलबार सार्बजानिक भएको छ । प्रकास तितुङ अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको उक्त गीतमा नोर्बु सेर्पाको एरेञ्ज रहनुका साथै गायिका सुुमिना लोले प्रकासलाई आवाजमा साथ दिएकी छिन् ।

भिडीयोमा प्रकास तितुङ आफै देखिएका छन भने उनलाई नायिका सुस्मा मोक्तानले साथ दिएकी छिन् । भर्खर सार्वजानिक भएको गीतको मिक्सीङ दिपेश प्रधानले गरेका छन् भने भिडीयोको कोरियोग्राफी अभि लामाले गरेका छन् । त्यसैगरी गीतको भिडीयोको खिचाई र निर्देशन सुर्य लामाले गरेका छन् । गीतको शब्द तयार पार्न विजय पाख्रीनले साथ दिएका छन् । स्थायी घर मकवानपुरको मनहरी भई काठमाण्डौंमा रहेर संगीतमा संघर्ष गरिरहेका तितुङले तामाङ सेलो जगतमा नया स्वाद थपिदिएका छन् ।

उनको स्वर र संगीतमा तयार भएको थुप्रै गीतहरु सार्वधिक हिट भैसकेका छन् । विगत केही वर्ष देखि ल्होछार, दशै तिहार र अन्य समयमा तितुङले स्वर दिएका र संगीत गरेका गीतहरुले टिकटक, फेसबुक रिलमा राम्रो स्थान पाउनुका साथै युट्युबमा पनि राम्रो दर्शक पाइरहेको छ । हालसम्म तितुङको शब्द संगीत अनि स्वरमा तयार भएको गीतहरु सयौको संख्यमा रहेका छन् जसमध्ये सोनाम ल्होछार, क्याम्साङ गैरीला, अप्सरा, स्याउस्याउ नाना, एला मायारी, छामेला साईनाम, ङाला आमा, सेर्पीनी नाना, खाला ह्रिबारी, सिम्भञ्ज्याङ, बिच्मा नाच्ने सोल्टिनी, तामाङ गुरुङ शेर्पा हामी दाजुभाई लगायतका दर्जनौ हिट गीतहरु रहेका छन् । लगभग डेढ दशक अघी नेपाली आधुनीक संगीतको फेरो समातेर संगीतको दुनियामा प्रबेश गरेका तितुङले आधा दशक अघिदेखि सेलो जगतमा अब्बल रुपमा स्थापीत गराई दर्शक श्रोतालाई नया स्वाद चखाउन सफल भएका छन् ।

तीतुङ सेलो गीत संगीतमा अब्बल भएकै कारण देश तथा विदेशमा सांगीतिक यात्रामा निस्कन सफल भएका छन् । देश भित्र पश्चिममा कञ्चनपुर देखि पूर्पमा झापा सम्म सांगीतिक यात्रा तय गरिसकेका तितुङले गत वर्ष दक्षिण कोरियाको सांगीतिक भ्रमण गरेका थिए भने यस वर्ष जापानको लागि सांगीतिक यात्रामा निस्कने पक्का भैसकेका छन् । ब्यस्त गायक तथा संगीतकारको रुपमा चिनिएका तितुङ अब्बल शब्दकार पनि हुन् । तितुङले बेलाबखतमा आफ्नो गीतहरुमा अभिनय समेत गर्ने गरेका छन् ।

भिडीयो हेर्नुहोस् ….

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"