Day: २ वर्ष अगाडि

हेटौँडा सिमेन्ट उद्योग पुन सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग पुन सञ्चालनमा

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौँडा/ हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुन सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो । कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएपछि उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए । उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको महाप्रबन्धक पाण्डेले दिएका छन् ।...
प्रकास तितुङको “सोनाम ल्होछार आयो है” बोलको गीत सार्वजानिक

प्रकास तितुङको “सोनाम ल्होछार आयो है” बोलको गीत सार्वजानिक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
शुभराज भोम्जन दक्षिण कोरिया । गायक तथा संगीतकार प्रकास तितुङ तामाङको शब्द संगीत अनि स्वरमा तयार भएको “सोनाम ल्होछार आयो है” बोलको गीत म्युजिक भिडीयो सहित मंगलबार सार्बजानिक भएको छ । प्रकास तितुङ अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको उक्त गीतमा नोर्बु सेर्पाको एरेञ्ज रहनुका साथै गायिका सुुमिना लोले प्रकासलाई आवाजमा साथ दिएकी छिन् । भिडीयोमा प्रकास तितुङ आफै देखिएका छन भने उनलाई नायिका सुस्मा मोक्तानले साथ दिएकी छिन् । भर्खर सार्वजानिक भएको गीतको मिक्सीङ दिपेश प्रधानले गरेका छन् भने भिडीयोको कोरियोग्राफी अभि लामाले गरेका छन् । त्यसैगरी गीतको भिडीयोको खिचाई र निर्देशन सुर्य लामाले गरेका छन् । गीतको शब्द तयार पार्न विजय पाख्रीनले साथ दिएका छन् । स्थायी घर मकवानपुरको मनहरी भई काठमाण्डौंमा रहेर संगीतमा संघर्ष गरिरहेका तितुङले तामाङ सेलो जगतमा नया स्वाद थपिदिएका छन् । उनको स्वर र संगी...
व्यवसायी चौधरीसहित तीन जनालाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालतको आदेश

व्यवसायी चौधरीसहित तीन जनालाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालतको आदेश

Breaking News 1, समाचार
काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अबको दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । यसअघि प्रहरीले लिएको चार दिनको समय सकिएपछि म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पक्राउ परेका चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो । पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यसअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्नेछ । त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराइ हाजिर जमानीमा छाड्न आदेश दिइएको छ । हाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कार...
आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दै

Breaking News 2, समाचार
काठमाडौं/ आज एकैपटक ८ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो । आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथी) पेश तथा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको आ.व २०७९÷८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ । त्यसैगरि दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । राष्ट्रिय सभा अन्तर्गतको समितिहरुमा बिहान ११ बजे दिगो वि...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"