मञ्जुश्री संवत् २८६० को भित्तेपात्रो सार्वजनिक

Advertisement

काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय परिषद काठमाण्डौंको प्रकाशन र अन्तराष्ट्रिय तामाङ परिषद्को समन्वयमा मञ्जुश्री संवत् २८६० को भित्तेपात्रो (डेङचि) विमोचन गरिएको छ । बुधबार बौद्धस्थित गोतामा क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्दै भित्तेपात्रो सार्वजानिक गरिएको हो ।

अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलन तथा भित्तेपात्रो सार्वजानिक कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक एवं नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङ, भाषा आयोग सदस्य अमृत योञ्जन तामाङ, खेन्पो सोनाम ग्युर्मे, डा कुन्साङ योञ्जन, घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङलगायतको विशेष आतिथ्यता रहेको थियो । मन्जुश्री पात्रो बारे उठेका जिज्ञासाको खेन्पो सोनाम ग्युर्मेले जवाफ जवाफ दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा परिषद्का संस्थापक नेता परशुराम तामाङले तामाङ अग्रजहरुको आन्दोलनले वर्तमान समयमा भाषा सम्बन्धी परिवर्तन भएको विषयहरु आन्दोलनको उपलब्धीको रुपमा लिनु पर्नेमा जोड दिएका थिए । नेता तामाङले अझै पनि समग्र अधिकारको सवालहरुमा धेरै विषयहरु राज्यले सम्बोधन गर्न बाकी रहेकोले संघर्ष जारी राख्नुपर्नेमा जोड दिएका थिए ।

मन्जुश्री पात्रो विमोचन तथा विज्ञ समितिको भेला छलफल कार्यक्रममा परिषद्ले ९ वटा विज्ञहरुको समिति बनाउने निर्णय मुताबिक समिति गठन प्रकृयाको तयारी अन्तिम चरणमा रहेको महासचिव टासी लामाले बताए । अहिले परिषद् आन्तरिक रुपमा विज्ञ सम्मेलनको तयारीमा लागेको भन्दै महासचिव लामाले ९ वटा मध्ये पाँच वटा विज्ञ समितिको भेला नेपाल र भारतमा गरिने जनाएको छ । अन्य विज्ञ समितिको भेला विभिन्न देशमा हुने छ । तामाङ सो विकास विज्ञ भेला , तामाङ कोष निर्माण भेला अमेरिकामा, क्षमता अभिवृद्धि तथा तालिम भेला जापानमा र प्रवास समितिको भेला यूएईमा गरिने जानकारी दिएका छन् । परिषद् स्थायी समिति सदस्य तथा तामाङ घेदुङका महासचिव जगतमान लामा दोङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा डुक ल्हो अवसरमा शुभकामना आदानप्रदान र तामाङ परिषद्को विज्ञ सम्मेलन र आगामी कामहररुको विषयमा छलफल भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरक...
डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी

हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्व...
मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

मकवानपुर प्रहरीको असार महिनाको प्रगतिः अभद्र व्यवहार र लागूऔषधका सबै मुद्दा फस्र्योट

हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल ग...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"