काठमाडौं / नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ ।





























