हेटौंडा/ मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलिया माथी हातपात भएको छ ।

सोमबार अध्यक्ष माथि सोही वडा बासी मान बहादुर वाईबाले हातपात गरेको हो । आफ्नो खेत खोलाले बगाउँदा समेत सुरक्षाको कुनै उपाय नअपनाईएको भन्दै अध्यक्ष माथि हातपात गरेको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले बताए । वाईबालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।





























