काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वरमा सोमबार भेटेर प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मोहन गौतमले रातोपाटीलाई बताए । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
रातोपाटीबाट साभार





























