Day: २ वर्ष अगाडि

शालिनको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान सुरु

शालिनको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान सुरु

समाचार
काठमाडौँ / छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलको मृत्यु प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान सुरु गरेको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलका अनुसार घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ । यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, अनुसन्धान प्रभावित हुने कुनै ...
नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

नेकपा एसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उनकै निवास कोटेश्वरमा सोमबार भेटेर प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । जवाफमा पार्टीभित्र छलफल गरेर निर्णय दिने अध्यक्षले भन्नुभएको छ,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मोहन गौतमले रातोपाटीलाई बताए । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । रातोपाटीबाट  साभार...
माओवादी नेता हित बहादुर तामाङ सहित तीन मन्त्रीले लिए शपथ

माओवादी नेता हित बहादुर तामाङ सहित तीन मन्त्रीले लिए शपथ

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौं । माओवादी नेता हित बहादुर तामाङ सहति तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । आज सपथ ग्रहन गरेका मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । तिनै जना मन्त्रीहरुले बिना बिभागिय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।...
नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुने अवस्था छैन : झलनाथ खनाल

Breaking News 2, मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल हुने अवस्था बनिनसकेको बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने र छलफल पश्चात निस्कने निचोडको आधारमा मात्रै सरकारमा सहभागि हुन सक्ने बताए । नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला भन्दै ‘अहिले वेट एण्ड सी मा नै रहेको जनाएका छन् ।...
मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी बस्याल मृत भेटिए

मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी बस्याल मृत भेटिए

Breaking News 1, कोशी प्रदेश, प्रमुख समाचार
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ३ मा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका छन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन् । बाहिर झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखिएको तर परिवार आएपछि मात्रै प्रहरी टोली भिञ छिर्ने दाहलले बताए ।...
भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

समाचार
जलेश्वर / महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो ।...
पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

Breaking News 1, कोशी प्रदेश, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल पुर्वको संस्थाहरुको छाता संगठन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा आइताबार एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाएको छ ।   यायोक्खा र चुम्लुङले नेपाल सरकारले सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको सिरीजंगा लिपीमा पनि पुर्वाञ्चल सरोकार समाज र आवद्ध संस्थाहरुको नाम लेख्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पुर्वाञ्चल सरोकार समाजमा आधिकारीक रुपमा दुई जातिय संस्थाहरु आवद्ध रहेकाले राज्यको निर्णय र आफुहरुको सम्मानको लागि सिरीजंगा लिपीमा पनि संस्थाको नाम लेखिदिनको लागि पूर्वाञ्चल भित्रका संस्थाहरुलाई आग्रह गरेको हो । किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले मात्रै सिरीजंगा लिपी प्रयोग नगर्ने हुदा पुर्वको अधिकांश जातिहरुले सिरीजंगा लिपीलाई प्र...
अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

अन्तत भत्कियो सत्ता गठबन्धन, एमाले, रास्वपा र जसपा सहितको मन्त्रिपरिषद् आजै बनाउने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।   आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएको छ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी जसपा, र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई समेत समेट्ने सहमति भएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको हो । स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएक...
पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

पुर्वाञ्चल सरोकार समाजलाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले बुझाए ज्ञापन पत्र

Breaking News 1, प्रदेश १, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । दक्षिण कोरियामा कृयाशिल पुर्वको संस्थाहरुको छाता संगठन पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सामुहिक रुपमा आइताबार एक कार्यक्रमको बिच ज्ञापन पत्र बुझाएको छ । यायोक्खा र चुम्लुङले नेपाल सरकारले सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको सिरीजंगा लिपीमा पनि पुर्वाञ्चल सरोकार समाज र आवद्ध संस्थाहरुको नाम लेख्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पुर्वाञ्चल सरोकार समाजमा आधिकारीक रुपमा दुई जातिय संस्थाहरु आवद्ध रहेकाले राज्यको निर्णय र आफुहरुको सम्मानको लागि सिरीजंगा लिपीमा पनि संस्थाको नाम लेखिदिनको लागि पूर्वाञ्चल भित्रका संस्थाहरुलाई आग्रह गरेको हो । किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले मात्रै सिरीजंगा लिपी प्रयोग नगर्ने हुदा पुर्वको अधिकांश जातिहरुले सिरीजंगा लिपीलाई प्रयोग गर्ने गर...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"