काठमाण्डौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा युवा नेता महेश बर्तौलाको बढुवा हुनुका साथै सचेतकमा सुनीता बराल नियुक्त भएका छन् ।

बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । त्यस्तै सांसद सुनिता बराल सचेतक बनेकी छन् । वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।





























