काठमाडौं । नेपाली काङ्ग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।

बुधवार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक रहेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने उनले बताए ।





























