Day: २ वर्ष अगाडि

बकैया ११ मा दुर्घटना हुदा ९ जना यात्रु घाइते

बकैया ११ मा दुर्घटना हुदा ९ जना यात्रु घाइते

Breaking News 1, समाचार
हेटौंडा/ मकवानपुर जिल्लाको बकैया ११ मा काठ्माण्डौबाट हेटौंडा आउदै गरेको सुमो दुर्घटना भएको छ । दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन् । बुधबार साँझ कान्तिलोकपथ अन्तर्गत बकैयाको सिमातमा अनियन्त्रित भएर ना १ ज २३२२ नम्बरको सुमो दुर्घटना भएको हो । घाईते ६ जनाको सहकारी र अन्य ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।...
नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।  
रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।...
माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको -काङ्ग्रेस

माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको -काङ्ग्रेस

Breaking News 2
काठमाडौं । नेपाली काङ्ग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । बुधवार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । छलफल सकारात्मक रहेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।  सकारात्मक छलफल भएकाले छलफल र भेटघाटलाई निरन्तरता दिने उनले बताए ।  ...
बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै

बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेशमा ६ मन्त्रिले राजिनामा दिदैै छ । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार बागमतीमा बुधबार सरकार छाड्ने तयारी भएको बताए । सोही अनुसार कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको उनले बताए । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री समेत रहेका चित्रकारले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताए । संसदीय दलका नेता विदेश भ्रमणमा रहेकाले सो विषयमा निर्णय लिन केही दिन ढिला भएको उनको भनाई छ । सरकारको विषयमा पार्टी नेतृत्व र दलका नेता तथा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग सम्वाद पछि राजीनामाको निर्णयमा पुगेको उनले बताए । बुधबार बिहान मात्र मन्त्री चित्रकार र मुख्यमन्त्री जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको ...
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

Breaking News 2, राजनीति, समाचार
काठमाडौं / नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बिहान ११ बजे बस्न लागेको हो । नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफलका लागि पाटीको बैठक बस्न लागेको सचिवालयले जनाएको छ । मंगलबार एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समाजवादीका अध्यक्ष माधव नेपालको निवासमै पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए । मंगलबार प्रधानमन्त्री दाहाल र ओलीसँग भएको भेटमा अध्यक्ष नेपाल सकारात्मक रहेको बताइएको छ ।...
त्रिशुली नदिमा बस खस्दा ६ जनाको मृत्यु

त्रिशुली नदिमा बस खस्दा ६ जनाको मृत्यु

Breaking news 3, समाचार
धादिङ / धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार च...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"