काठमाडौँ / नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादीसंसदीय दलको कार्यालयमा बस्ने छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिकघटनाक्रमबारे छलफल हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमाछलफल हुने छ । २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमापुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ । प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधिसभाबाटविश्वासको मत लिने तयारीमा छन् । यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।






























