लोसपाका अधिकांश कार्यकर्ता राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा

Advertisement

काठमाडौँ । काठमाडौँमा लोकतान्त्रिक समाजवादी पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । उता सोही पार्टीबाट विद्रोह गरेका राजेन्द्र महतोले जनकपुरमा आयोजना गरेको संवाद कार्यक्रममा लोसपाकै अधिकांश कार्यकर्ता सहभागी भएका छन् ।

बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका लागि जनकपुरमा बृहत् संवादत्मक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोले आयोजना गरेको सो कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ता तथा नेताहरू जनकपुर आएका छन् । काठमाडौँबाट कार्यक्रमका लागि जनकपुर गएका बेला एयरपोर्टमा राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको थियो । त्यसमा अधिकांश लोसपा नेपालका कार्यकर्ताहरू थिए । जनकपुर विमानस्थलबाट राजेन्द्र महतो कार्यकर्ताका साथ कार्यक्रम स्थलसम्म मोटरसाइकलमा नै गएका थिए । सो क्रममा कार्यकर्ताहरूले राष्ट्रिय मुक्ति क्रान्तिको नारा लगाएका थिए ।

राष्ट्रिय मुक्ति क्रान्ति जिन्दाबाद र जय मधेश लेखिएका रातोपट्टी टाउकोमा बाँधेर सो पार्टीका नेता कार्यकर्ताहरू नाराबाजी गर्दै कार्यक्रम स्थलमा आएका थिए । कार्यक्रममा सहभागी भएका लोसपाका उपाध्यक्ष कौशलकुमार सिंहले यो कुनै पार्टी नभई अभियान भएका कारण सहभागी भएको बताए । ‘यो पार्टी बनेपछि के गर्नुपर्छ, त्यो बेला बिचार गरौँला तर अहिले राष्ट्रिय मुक्तिका लागि अभियान चलाइएका कारण यसमा सहभागी भएको हुँ’ उनले भने । लोसपामा चुपचाप बस्नुको सट्टा केही गर्नु नै ठिक लागेका कारण यो अभियानमा सामेल भएको समेत सिंहले बताए । लोसपाको पदाधिकारी बैठक चलिरहे पनि त्यसबारेमा आफूलाई कुनै जानकारी नरहेको उनले बताए । सिंहले भने, ‘म जनकपुरकामा छु, काठमाडौँमा लोसपाको पदाधिकारी बैठक चलिरहेको छ त्यो कुराको जानकारी मलाई छैन ।’ बबरमहलस्थित पार्टी कार्यालयमा लोसपा पदाधिकारी बैठक चलिरहेको छ । फागुन ३० गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा र तयारी लगायतका विषयमा छलफल गर्न पदाधिकारी बैठक बसेको हो । श्रोत :रातोपाटी डटकमबाट साभार गरिएको ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"