समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

Advertisement

हेटौंडा/ तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निरन्तर दिने ब्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दुग्ध निरन्तर बिक्री हुने ब्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादक किसानलाई दिंदै आएको लिटर अनुदानमा निरन्तर दिने ब्यवस्था गरिनुपर्ने र पशु बिमालाई सहकारी संस्था मार्फत गर्ने ब्यवस्था गरिनु पर्ने उल्लेख छ ।

बिज्ञप्तीमा किसानबाट उत्पादित दुध खरिद गर्ने केही निजी उद्योग बाहेक अधिकांश निजी तथा सरकारी दुग्ध उद्योगबाट विगत ५ महिनादेखिको भुक्तानी प्राप्त नभएको अवस्थामा किसान आर्थिक संकटको परेकोे उल्लेख गरिएको छ ।  केन्द्रिय दुग्ध सहकारी संघ र जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुद्वारा २०८० फागुन १४ गतेदेखि गरिएको आन्दोलनकैै क्रममा केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान र निजी डेरीहरु बिच भएको सम्झौता अनुसार किसानहरुको दुग्ध बिक्रीको भुक्तानी २०८० चैत्र २१ गते भित्र २०८० पौष मसान्तसम्मको भुक्तानी गर्ने र बाँकी भुक्तानी माघ महिनादेखि निरन्तर गर्दै जाने सम्झौता भएकोमा सो सम्झौता कार्यान्वयन नभएकोमा सरकार र उद्योगी किसानको समस्या प्रति गम्भिर नभएकोमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले खेद प्रकट गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै किसानको पसिनाको मूल्य भुक्तानी प्रति सम्बद्ध पक्ष गम्भिर नभएमा आन्दोलनको आधिबेरी सृजना गर्नुपर्ने अवस्था आएको संघका अध्यक्ष हरिप्रसाद कडेंलले बताए । उहाँले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीहरु बिरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था सिर्जना भएकाले सम्पूर्ण दुग्ध उत्पादक किसानहरुलाई तयारी अवस्थामा रहन समेत अनुरोध गरे ।

साथै केन्द्रिय दुग्ध सहकारी संघ लि. ले तत्सम्बन्धी विषयलाई लिएर निकालेको बिज्ञप्ति प्रति मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ऐक्यबद्धता रहेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । संघले उद्योगीहरुसंग करिव ५० करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको र सदस्यसंस्थाहरुमार्फत कृषकहरुलाई करिब ४८ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेको मकवानपुर जिल्ला सहकारी संघ लि. का ब्यवस्थापक कुमारमणी दाहालले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"