Day: २ वर्ष अगाडि

समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

Breaking News 2, समाचार
हेटौंडा/ तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले चैत्र २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै किसानहरुलाई आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद कडेंलद्वारा हस्ताक्षार गरिएको विज्ञप्तिमा विभिन्न ४ बुँदे मागहरु राख्दै आन्दोलन गर्नुपर्ने बाध्यता आएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्नु पर्ने र बाँकी भुक्तानी निर...
सर्वोच्चको फैसलाले एनआरएनएका बद्री केसी देखि विनोद कुँवर सम्म अवैध

सर्वोच्चको फैसलाले एनआरएनएका बद्री केसी देखि विनोद कुँवर सम्म अवैध

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रमुख समाचार
काठमाडौँ । सर्वोच्च अदालतको फैसला आएसंगै साढे २६ महिनाको बिचमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष बनेका बद्री केसी देखि बिनोद कुँवर सम्म अवैध ठहर भएका छन् । १० औँ महाधिवेशनबाट एनआरएनएको अध्यक्ष बनेका ४ जना र ११ औँ महाधिवेशनबाट अध्यक्ष बनेका २ जना अवैध ठहर भएका हुन् । एनआरएनएको २०७८ चैत १३ मा भएको १० औँ महाधिवेशनबाट कुल आचार्य, बद्री केसी र रबिना थापा अध्यक्ष चयन भएका थिए । उनीहरू ६/६ महिना आलोपालो नेतृत्व गर्नेगरी अध्यक्ष चयन भएका थिए । त्यसअघि चैत ८ मा शेष घलेको नेतृत्वमा १० औँ महाधिवेशनबाट विनोद कुँवर अध्यक्ष चयन भएका थिए । १० औँ महाधिवेशनको विवाद नमिल्दै गत अक्टोबरमा एनआरएनएको ११ औँ महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका थिए । तर, धाँधली गरेर निर्वाचन जितेको भन्दै अध्यक्षका उम्मेदवारहरू आरके शर्मा र महेश श्रेष्ठले केसीलाई अस्वीकार मात्रै गरेका थिएनन्, छुट्टै ११ औँ महाधिवेशन गरेर...

अन्ततः लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

Breaking news 3, प्रमुख समाचार, राजनीति, लुम्बिनी प्रदेश
बुटवल । अन्ततः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए । बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै उनले प्रदेशको विकास र समृद्धिका लागि अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताए । चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बना...
गायक राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

गायक राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

Breaking News 1, प्रमुख समाचार, समाज
काठमाडौं । चर्चित गायक राजेशपायल राई र पत्नी साङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन पनि आदेश दिएको छ । यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।...
ताइवानमा गएको भूकम्पबाट ९ जनाको मृत्यु

ताइवानमा गएको भूकम्पबाट ९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी / ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् ।   समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका हुन् । आपतकालीन सेवाको टोली बुधबारदेखि नै खोज तथा उद्धार कार्यमा सक्रिय छ । उनीहरु भग्नावशेषहरु हटाउने र प्रभावितहरुलाई आश्रयस्थलको व्यवस्था गर्ने काममा व्यस्त छन् । भूकम्प प्रभावित व्यक्तिहरुले गएको राति त्रिपाल र टेन्ट मुनि बिताएका छन् । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७।४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अग्ला भवनहरु भत्किएका थिए भने पहाडी क्षेत्रमा पहिरो गएको थियो ।...
एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी ग¥यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो । अनलाईन खबरबाट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"