बृहत अन्तरक्रिया कार्यक्रम भब्य तर समय अभावका कारण उठेका सवालहरुमा आवश्यक छलफल हुन सकेन

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरिया र दक्षिण कोरियामा कृयाशिल मुख्य जातिय तथा क्षेत्रीय संस्थाहरुको आयोजनामा सौलको जोगेसा हलमा भएको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

दक्षिण कोरियामा नेपालीहरुको संख्या बढे संगै विविध समस्याहरु बढेको छ उक्त समस्याहरुको पहिचान गरेर समस्या समाधानको उपायहरु खोज्ने मनसायका साथ कार्यक्रमको आयोजना गरिएको हो । विशेष गरेर नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अगुवाइमा भएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएता पनि समय अभावका कारण उठेका विषय उपर आवश्यक मात्रामा छलफल गर्न सकिएन । कार्यक्रममा बिभिन्न विधाका विज्ञहरुबाट सहभागिहरुले उठाएको प्रश्नको उत्तर लिने प्रयास भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा विज्ञहरुको रुपमा स्वास्थ्यकर्मी डा.राजेशचन्द्र जोशी, नेपाली राजदूतावासको तर्फबाट श्रम काउन्सेलर चनद्रकला ओली, बैकिङ तथा रेमिट सेवा प्रदायक कम्पनीहरुको तर्फबाट सुनेश केसी, नमुना ज्ञवाली, भाषा अनुवादकहरुको तर्फबाट महेश बजगाँई, इपिएस ट्रेनिङ सेण्टरको तर्फबाट अनन्त महर्जन, स्वस्तिका क्षत्री, कानुनी परामर्शदाताको रुपमा योगीता गौतम लगायतकाले सहभागिहरुबाट उठेको प्रश्नहरुको जवाफ दिएको थियो । कार्यक्रममा सहभागिहरुले विशेषगरी मानसिक स्वास्थ्य एबम् स्वास्थ्य सम्बन्धी अन्य विषयहरुमा धेरै जिज्ञासा राखेको थियो । त्यसैगरी नेपाली राजदूतावासलाई पनि सहभागिहरुले थुप्रै प्रस्नहरु उठाएको थियो । अन्तरक्रिया कार्यक्रममा उठेका सबै प्रश्नको जवाफ दिनको लागि समय अभावको कारणले गर्दा थुप्रै प्रश्नहरु अनुत्तरित हुन वाध्य भएको थियो । समय अभावको कारणले निक्के महत्वपूर्ण विषयहरुमा विज्ञहरुबाट जवाफ लिन नपाउदा दुःख लागेको एकजना सहभागिले बताए ।

कार्यक्रममा सहभागि एकजना सहभागिले नाम लखुलाउने सर्तमा एस्ताखाले कार्यक्रमहरु आयोजना हुनु सकरात्कम कार्य रहेको तर लक्षित वर्गसम्म अझै पुग्न नसकिरहेको गुणासो गरेका थिए । नेपाली राजदूतावास दक्षिण कोरिया, नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया, पुर्वाञ्चल सरोकार समाज, सुदुरपश्चिम समाज, बागमती प्रदेश एकता समाज, कर्णाली प्रदेश समाज र गण्डकी प्रदेश समाजको सयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बिभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहनुका साथै केही मात्रामा इपिएस कामदार र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"