बृहत अन्तरक्रिया कार्यक्रम भब्य तर समय अभावका कारण उठेका सवालहरुमा आवश्यक छलफल हुन सकेन
शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली राजदूतावास दक्षिण कोरिया र दक्षिण कोरियामा कृयाशिल मुख्य जातिय तथा क्षेत्रीय संस्थाहरुको आयोजनामा सौलको जोगेसा हलमा भएको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दक्षिण कोरियामा नेपालीहरुको संख्या बढे संगै विविध समस्याहरु बढेको छ उक्त समस्याहरुको पहिचान गरेर समस्या समाधानको उपायहरु खोज्ने मनसायका साथ कार्यक्रमको आयोजना गरिएको हो । विशेष गरेर नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अगुवाइमा भएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएता पनि समय अभावका कारण उठेका विषय उपर आवश्यक मात्रामा छलफल गर्न सकिएन । कार्यक्रममा बिभिन्न विधाका विज्ञहरुबाट सहभागिहरुले उठाएको प्रश्नको उत्तर लिने प्रयास भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विज्ञहरुको रुपमा स्वास्थ्यकर्मी डा.राजेशचन्द्र जोशी, नेपाली राजदूतावासको तर्फबाट श्रम काउन्सेलर चनद्रकला ओली, बैकिङ तथा रेमिट सेवा प्र...

