गण्डकी प्रदेश समाजको आयोजनामा “गण्डकी भलिबल कप-२०२४” मे १२ मा हुने

Advertisement

बोम्जन गुरुङ
दक्षिण कोरिया । दक्षिण कोरिया स्थित गण्डकी प्रदेश समाजको आयोजनामा आउँदो मे १२ मा मैत्रीपूर्ण गण्डकी कप भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ ।

समाजले स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिने समाजका अध्यक्ष प्रविण गिरीले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन पुरस्कार प्रदान गरिने जनाएको छ ।

त्यसैगरी प्रतियोगितामा सान्तवना हुने दुई टिमलाई ४÷४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी दिए । स्थापनाकाल देखि परोपकारी कार्यमा आफ्नो दरिलो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन प्रायोजन, सहप्रायोजन र सौजन्यको निमित्त विभिन्न व्यक्ति, संघसंस्था, प्रतिष्ठान, मनकारी व्यक्ति र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा समेत गरिएको समाजका महासचिव विदुर शर्माले स्पष्ट पारे ।

गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरु मात्र नभई अन्य कोरियास्थित अन्य संघसंस्थाहरुसँग उत्तिकै सहयोग र भरपूर समन्वय गर्दै आइरहेको गण्डकी प्रदेश समाजद्धारा आयोजित उक्त गण्डकी कप भलिबल प्रतियोगिता २०२४ मा टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको र टिम दर्ता अन्तिम मिति ०५ मे अप्रिल २०२४ सम्म कायम गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"