बागमती प्रदेश सरकारको तर्फबाट नेकपा एसलाई २ वटा विकल्प सहितका प्रस्ताव

Advertisement

मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो ।

सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका हुन् ।  माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् । क्त विषयमा सत्ता गठबन्धन दलहरू बिच भने सहमति हुन बाँकी नै रहेको उनले बताए । मुख्य दलहरू बिच सहमति भएको र सोही अनुसार एकीकृत समाजवादीलाई प्रस्ताव अघि बढाइएको उनको भनाई छ । प्रस्तावको विषयमा पार्टी भित्र छलफल गरेर निर्णय लिने जवाफ आएको प्रमुख सचेतक ढकालले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले गत चैत १९ गते विश्वासको मत लिएर सत्ता सुरक्षित गरे लगत्तै २० गते मौजुदा मन्त्रिपरिषद्मा ५ मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका थिए । उनले प्रदेशमा रहेको १२ वटा मन्त्रालय र १३ जना मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीबाट रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेपछि गठबन्धन दलमा मन्त्रालय भागबन्डाको विषय पेचिलो बनेको थियो ।

सत्ता समिकरण परिवर्तन पछि गठन भएको मन्त्रिपरिषद्मा गठबन्धन दलहरू बिच मन्त्रालय भागबन्डा र पावर सेयरिङका विषयमा किचलो भइरहेको थियो । यसअघि एकीकृत समाजवादीले नियुक्त गरिएको मन्त्रीको विभागीय जिम्मेवारी तोक्न र पावर सेयरिङमा सन्तुलन कायम गर्न माग गर्दै आएको थियो । सो दलले गठबन्धन दलको समान हैसियत कायम गर्न ठुलो मन्त्रालयका रूपमा भौतिक पूर्वाधार विकास मन्त्रालय माग गरेको थियो । सो समयमा सत्ता गठबन्धनका ठुला दलले एकीकृत समाजवादीको माग अनुसार मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले सरकारका तर्फबाट खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेको बताए । मन्त्रालय विभाजनमा आफूहरू सहमत नरहेको र पावर सेयरिङमा सन्तुलन नभएसम्म सहमति नजुट्ने उनले बताए । मन्त्री फिर्ता गर्ने तथा मन्त्रालय सङ्ख्या बढाउने तर्फ असहमति रहेको जनाउँदै उनले ११ मन्त्रालय बनाएको खण्डमा सोही अनुसार सोच्न सकिने बताए ।

रातोपाटिबाट

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"