Day: २ वर्ष अगाडि

नेपाल गोरखा परिवारको आयोजनामा मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रम हुदै

नेपाल गोरखा परिवारको आयोजनामा मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रम हुदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
शुभराज भोम्जन  दक्षिण कोरिया । विगत लामो समय देखि दक्षिण कोरियामा कृयाशिल नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा आउदो मे ४ र ५ मा बृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना हुने भएको छ ।   बृहत भेटघाट तथा बनभोज कार्यक्रमको अवसरमा विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने जनाएको छ । सहभागि हुनको लागि निस्चित शुल्क तोकिएको छ । बनभोज कार्यक्रममा सहभागि हुनको लागि पुरुष र महिलाको शुल्क फरक÷फरक तोकिएको छ जसमा पुरुषको लागि ९० हजार कोरियन वन ताृेकिएको छन् भने महिलाको लागि ७० हजार कोरियन वन शुल्क तय गरिएको छ । त्यसैगरी जोडी सहभागिको लागि १ लाख ५० हजार कोरियन वन तय गरिएको छ । उक्त बनभोज कार्यक्रम कोरियाको 소귀골백운산장 강북구181삼양로206길 भन्ने स्थानमा हुने आयोजकाले जनाएको छ । नेपाल गोरखा परिवार दक्षिण कोरियाले गत वर्ष पनि बृहत बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । बनभोज कार्यक्रममा सहभागि ह...
एसीसी प्रिमियर कपमा नेपालको चौथो जित

एसीसी प्रिमियर कपमा नेपालको चौथो जित

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
काठमाडौं / एसीसी प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित निकालेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको हो । जितसँगै चार खेलबाट ८ अंक जोडेको नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । पराजित भएको साउदी प्रतियोगिताबाट बाहिरिएको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ७ ओभर २ बलमा पूरा ग¥यो । वर्षाका कारण ढिला सुरु भएको खेल ८ ओभरमा झारिएको थियो । खेलमा नेपालका गुल्सन झाले ३२, दीपेन्द्रसिंह ऐरीले १७ र कप्तान रोहितकुमार पौडेलले १७ रन बनाए । साउदीका इस्तिक अहमदले दुई तथा उस्मान नजिब र वाजी अल हसनले एक–एक विकेट लिए ।...
नेकपा एकीकृत समाजवादीको महाधिवेशनको मिति परिवर्तन

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको मिति परिवर्तन

Breaking News 1, राजनीति
  काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पु¥याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको तर्फबाट नेकपा एसलाई २ वटा विकल्प सहितका प्रस्ताव

बागमती प्रदेश सरकारको तर्फबाट नेकपा एसलाई २ वटा विकल्प सहितका प्रस्ताव

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो । सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका हुन् ।  माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् । क्त विषयमा सत्ता गठबन्धन दलहरू बिच भने सहमति हुन बाँकी नै रहेको उनले बताए । मुख्य दलहरू बिच सहमति भएको र सोही अनुसार एकीकृत समाजवादीलाई प्रस्ताव अघि बढाइएको उ...
कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

कोरियामा मगर समुदायको “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम” आउदो जून १५ र १६ मा हुने

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
बोम्जन गुरुङ दक्षिण कोरिया । कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक “भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२४” को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि 공주시 단천면 삼거리1길 8-1 공주유스호스텔 मा सो कार्यक्रमको आयोजना गर्न लागेको हो । नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, डिएसएमइ मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ । सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलालाई ८० हजार कोरियन वोन निर्धारण ग...
सिसिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ दक्षिण कोरियाभर “मनसरा” प्रदर्शन हुदै, मे ५ मा सउल, बुसान, जेजु र जिन्जुमा एक्कैसाथ प्रदर्शन हुने

सिसिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ दक्षिण कोरियाभर “मनसरा” प्रदर्शन हुदै, मे ५ मा सउल, बुसान, जेजु र जिन्जुमा एक्कैसाथ प्रदर्शन हुने

Breaking news 3, प्रवास, मनोरञ्जन, मुख्य समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको केन्द्रिय कार्यसमिति र तिन वटा क्षेत्रीय कार्यसमितिहरुको आयोजनामा सिरिजंगा लिपिको युनिकोड निर्माण सहयोगार्थ नेपाली कथानक चलचित्र “मनसरा” प्रदर्शन हुने भएको छ । चुम्लुङ केन्द्र र शाखाहरुले आउदो मे ५ को दिनमा एक्कैपटक सौल,जेजु, छल्लादोको जिन्जु र किम्हे बुसानमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । चुम्लुङ केन्द्रिय कार्यसमितिले सउल शोको अलवा सुवनमा पनि चलचित्र प्रदर्शन गर्ने संस्थाका केन्द्रिय अध्यक्ष दिर्ज काङ्भा लिम्बुले लाबा न्युजलाई बताए । नेपाल तथा विदेशमा मे ३ अर्थात बैशाख २१ गते एक्कैसाथ प्रदर्शनीको तयारीमा रहेको उक्त चलचित्रको दक्षिण कोरियाको लागि प्रदर्शन अधिकार किरात याक्थुङ चुमलुङ दक्षिण कोरियाले लिएको छ । चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष लिम्बुले दिएको जानकारी अनुसार उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्...
निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद...
तामाङ घेदुङ बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुदै, प्रथम हुनेलाई ३० लाख वन पुरस्कार

तामाङ घेदुङ बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुदै, प्रथम हुनेलाई ३० लाख वन पुरस्कार

Breaking News 1, खेलकुद, प्रवास, मुख्य समाचार
दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा पाँचौ बुद्ध जयन्ती फुटसल कप हुने भएको छ । घेदुङ बुसान शाखाले कोरियामा सन् २०१८ देखि बुद्ध जयन्ति फुट्सल प्रतियोगिता गर्दै आइरहेको छ । तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाद्धारा सञ्चालन गर्दै आइरहेको महिला सेल्टर नाना आङा धिमको सहयोगार्थ बुद्ध जयन्तीको अवसर पारेर जुन २ मा पाँचौ बुद्ध जयन्ती फुटसल कप आयोजना गर्ने भएको हो। घेदुङले सन् २०१८ देखि भगवान गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश दक्षिण कोरियाली नागरिक समक्ष पुगोस् भन्ने उदेश्य अनि विदेशी भुमिलाई कर्म थलो बनाई व्यस्तताको वाबजुद पनि फुटबल खेल प्रती रुचि तथा पेशा बनाउने खेलाडीहरुलाई प्रतियोगिताले उत्साही तथा खेल प्रति थप विकाश गरोस भन्ने उद्धेश्यले निरन्तर रुपमा फुटसल प्रतियोगिता गर्दै आइरहको संस्थाका अध्यक्ष सोम योञ्जनले बताए । पाँचौ बुद्ध जयन्ती फुटसल कप २०२४ प्र...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"