जीबी राई समूहले सञ्चालन गरेको सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिए

Advertisement

काठमाडौँ / जीबी राई समूहले सञ्चालन गरेको काठमाडौं स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले बचत रकम फिर्ता माग्दै प्रहरीमा उजुरी दिएका छन् ।

आइतबार प्रहरी वृत्त कालीमाटीमा ५ सय २८ जनाले करिब १ अर्ब बचत रकम फिर्ताको माग गर्दै उजुरी दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुमन खनालका अनुसार उजुरी दर्तापछि थप पीडितहरू सम्पर्कमा आएका छन् । ‘थप ५०÷६० जनाको उजुरी प्राप्त भएको छ । संकलन गरेर प्रहरीमा बुझाउँछौं,’ उनले भने । प्रहरीले उजुरी स्विकारे पनि दर्ता गरिसकेको छैन । ‘धेरैको उजुरी परेको छ, सबै उजुरी अध्ययन भइरहेकाले दर्ता गरिसकेका छैनौं,’ प्रहरी स्रोतले भन्यो, ‘प्रक्रिया पुगे नपुगेकोबारे अध्ययन गरेपछि दर्ता हुन्छ ।’

वाग्मती प्रदेश सहकारी कार्यालयबाट पत्रसहित आवश्यक कागजात आउन बाँकी रहेकाले उजुरी दर्ता नभएको सहकारी पीडितले बताए । ‘प्रहरीले स्वर्णलक्ष्मी सहकारी प्रदेशअन्तर्गत भएकाले उजुरी दर्ता गर्न प्रदेशको सिफारिस चाहिन्छ भनेको छ,’ खनालले भने, ‘प्रदेशले सिफारिससहित आवश्यक कागजात पठाइसकेको छ । त्यो कागजात आएपछि प्रहरीले उजुरी दर्ता गर्ने भनेको छ ।’

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका राईको समूहले सञ्चालन गरेको स्वर्णलक्ष्मी सहकारीबाट मात्र १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको पीडितहरूको दाबी छ । ‘स्वर्णलक्ष्मीमा कुल बचतकर्ता करिब १३ हजार रहेको देखिन्छ । कतिपयको खाता दोहोरिएको होला,’ अध्यक्ष खनालले भने, ‘सहकारी व्यवस्थापकका अनुसार करिब २ अर्ब ७४ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।’ बचत फिर्ता हुने नदेखिएपछि उजुरी गरेको र थप कानुनी प्रक्रियामा जाने तयारीमा रहेको उनले जानकारी दिए ।

ईकान्तिपुरबाट

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"